४८ घण्टाका लागि नेपाल-भारत सीमानाका बन्द

४८ घण्टाका लागि नेपाल-भारत सीमानाका बन्द

काठमाडाै : भारतको उत्तराखण्डमा भइरहेको स्थानीय निकाय चुनावका कारण भारतले नेपालसँग सीमा जोडिएका सीमानाका ४८ घण्टाका लागि बन्द गरेको छ ।

भारतको उत्तराखण्ड राज्यअन्तर्गत १३ जिल्लामा आइतबार भइरहेको स्थानीय चुनावका लागि भारतले नेपालसँग नाका जोडिएको सीमानाका बन्द गरेको हो ।

भारतमा आइतबार स्थानीय निकायको चुनाव भइरहेका सीमा जोडिएका ठाँउमा ४८ घण्टाका लागि नाका बन्द गरेको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।

यस्तै, कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले भारतले शनिबार बिहान ६ बजेदेखि ४८ घण्टाका लागि भारतले नाका बन्द गरेको बताउनुभयो ।

भारतको उत्तराखण्डमा १३ जिल्ला पर्दछन् । जसअन्र्तगत नेपालसँग सीमा जोडिएको भारतको चम्पावत जिल्लाका चार स्थानमा आइतबार नगरपालिकाको चुनाव भइरहेको छ ।

यता, नेपालसँग सीमा जोडिएको भारतीय सीमावर्ती बजार बनबासामा पहिलो पटक नगर पञ्चायतको चुनाव हुँदैछ भने टनकपुरलगायतका अन्य स्थानमा नगरपालिकाको चुनाव भइरहेको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij