ट्रम्मविरुद्व लगाइएको महाअभियोगको प्रस्ताव विफल

ट्रम्मविरुद्व लगाइएको महाअभियोगको प्रस्ताव विफल

एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको प्रस्ताव विफल भएको छ । संसदको माथिल्लो सदन सिनेटले प्रस्तावलाई अनुमोदन गर्न अस्विकार गरेपछि राष्ट्रपति ट्रम्प महाअभियोगबाट जोगिएका हुन् ।

रिपब्लिकनको बहुमत रहेको सिनेटले राष्ट्रपति ट्रम्पलाई दोषमुक्त गर्ने पक्षमा मतदान गरेको हो सत्ताको दुरुपयोग गरेको र अमेरिकी संसद कँग्रेसको मानहानी गरेको आरोपमा उनीमाथि महाअभियोगको लगाइएको थियो ।

एक सय सदस्यीय सिनेटमा शक्तिको दुरुपयोग गरेको अभियोगमा भएको मतदानमा उनको पक्षमा ५२ र विपक्षमा ४८ मत खसेको थियो । त्यसैगरी कँग्रेसको मानहानी गरेको र काममा आवरोध गरेको सम्बन्धमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पक्षमा ५३ र विपक्षमा ४७ मत परेको थियो ।

महाअभियोग प्रमाणित गर्न सिनेटको दुई तिहाई मत आवश्यक पर्दछ । डेमोक्रेटिक तर्फका कुनै पनि सांसदले ट्रम्पको पक्षमा मतदान गरेनन ।

आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो–वाइडेनलाई कारबाही गर्न युक्रेनलाई दबाव दिएको आरोपमा उनीमाथि संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिम्भसले महाअभियोगको प्रस्ताव पारित गरेको थियो ।

महाअभियोग लागेर पनि प्रमाणित नहुने उनी अमेरिकाको तेस्रो राष्ट्रपति हुन् ।

प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij