बुटवल
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ब्यबसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको बिकाससँगै प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउन थालेको छ ।

पटक पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न ब्यबसायीलाई आग्रह गरेपनि अटेर गरेपछि अस्पतालका सटरमा बिहिवार बिहान डोजर चलेको हो ।

अस्पतालका ७३ वटा ब्यवसायिक सटरहरू रहेका छन् । जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल बिकास समितिले बुधवार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।

अल्टिमेटम उपर पनि ब्यबसायीहरूले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्