लागू औषधको प्रयोग रोकथाम र नियन्त्रणका  निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा

लागू औषधको प्रयोग रोकथाम र नियन्त्रणका  निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा

बुटवल ।
बुटवल उपमहानगरपालिकाको वडा नंं ५ कार्यालय नजिकै लागू औषधको प्रयोग रोकथाम र नियन्त्रणका  निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ ।उक्त परामर्श केन्द्रको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

उद्घाट्नपछि समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक आईजीपीसर्वेन्द्र खनालले लागू औषध प्रयोगकर्तालाई दण्ड होईन परामर्श दिने उद्देश्यले बुटवल उपमहानगरको सहकार्यमा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको बताउनभयो ।
बुटवलमा सञ्चालित केन्द्रबाट लागु औषधको नियन्त्रण हुने विश्वास व्यक्त गर्दै प्रहरी प्रमुख खनालले लागू औषध विकराल सामाजिक समस्या बन्दै गएकाले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान नै सुरु गरेको बताउनुभयो ।
महानिरीक्षक खनालले भारतसंगको खुला सिमाको कारण लागूऔषधको प्रयोग तथा ओसार पसारका अपराधहरु हुने गरेको उल्लेख गर्दै समुदायको सहयोगले मात्र लागु औषध, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सम्भव हुने बताउनुभयो ।


कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले युवा पुस्ताहरुमा लागुपदार्थ सेवनको कुलत हटन नसकेकोमा चिन्ता व्यक्त गर्दै कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी र समुदायका बीचमा सामुहिक प्रयास जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
लागू औषध प्रयोगकर्ताको पुनस्थापनाका लागि खुलेका नीजि केन्द्रहरुमा चर्को शुल्क दिनेगरेको र राम्रोसंग उपचार नहुने गरेका गुनासाहरु आइरहेको बताउदै प्रमुख सुवेदीले बुटवलमा सुरु भएको निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रले धेरै लाभान्वित हुने दाबी गर्नुभयो ।
कार्यक्रममा परामर्श केन्द्र संचालनको लागि बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमबहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
बुटवलको वडा नं ५ को कार्यालय परिसरमा यो परामर्श केन्द्र स्थापना गरिएको छ ।
कार्यक्रममा प्रदेशसभाका सदस्य सन्तोष पाण्डे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, प्रहरी कार्यालयका वसन्त थापा, महिला अगुवा रीतासेन ओलीलगायतले शान्ति सुरक्षा कायम राख्ने काममा प्रहरी र नागरिकको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।समारोहमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, रुपन्देहीका सामाजिक संघसंस्थाहरु, निजी क्षेत्रहरु, नागरिक अगुवाहरु, युवा तथा विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रमका वक्ताहरुले युवा र विद्यार्थी लक्षित सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij