काठमाडौ
सर्वोच्च अदालतले डा गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्ने आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको बृहत् पूर्ण इजलासले आज सो मुद्दा खारेज गर्ने आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका अधिकृत नेत्रबन्धु पौड्यालले डा केसीले अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो । सोही इजलासले आज कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि खारेज गर्ने आदेश जारी गरेको छ
अधिवक्ता तोयानाथ ढुङ्गानाले तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको विवादास्पद जन्ममिति र शैक्षिक प्रमाणपत्रका विषयवस्तुमा अदालतको अवहेलना हुने गरी समाचार लेखेको उल्लेख गर्दै कान्तिपुरविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको थियो । यो दुवै मुद्दाको आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।
प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्