सरकारका बिरुद्ध नेपाल बिद्यार्थी संघद्वारा बुटवलमा मसाल जुलुस प्रदर्शन

सरकारका बिरुद्ध नेपाल बिद्यार्थी संघद्वारा बुटवलमा मसाल जुलुस प्रदर्शन

 

बुटवल ।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा त्यसका नाईकेलाई उन्मुक्ति दिने र विपक्षि दलका नेताहरुलाई हतोत्साहित गराउने गरि सरकारले षड्यन्त्र गरेको भन्दै त्यसको बिरोधमा नेपाल बिद्यार्थी संघले रुपन्देहीमा मसाल जुलुस प्रदर्शन गरेको छ ।


सरकोरको षड्यन्त्रमा फसेर अख्तियारले नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गछेदारलाई मद्धा चलाएको प्रति बिरोध गर्दै नेपाल बिदार्थी संघले शुक्रबार साँझ बुटवलमा मसाल जुलुस प्रदर्शन गरेको हो । मसाल जुलुस प्रदर्शनमा नेबिसंघका नेता कार्यकर्ताले कम्युनिष्ट सरकार मुर्दावाद, ललिता निवास जग्गा प्रकरणका नायिकेलाई मुद्धा चला, नेबिसंघ जिन्दावाद लगायतका नारा लगाएका थिए ।

Image may contain: 2 people, fire and sky

बुटवलको अस्ताललाईनदेखि निस्किएको मसाल जुलुस ट्राफिकचोक पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले वर्तमान सरकारले ललिता निवास काण्डका नायिकेलाई उन्मुक्ति दिने गर बिपक्षि दलका नेताहरुलाई हतोत्साहित गराउने गरी अख्तियारलाई समेत षड्यन्त्रमा फराएको आरोप लगाउनु भयो ।
उहाँले ललिता निवास जग्गा काण्डका नायिके तत्कालित प्रधानमन्त्री र सेटिङ् मिलाउने नेता नेकपा महासचिव बिष्णु पौडेललाई उन्मुक्ति दिनेगरी अख्तियारले मुद्धा अंगाडी सारेको भन्दै त्यसप्रति खेद व्यक्त गर्नुभयो । सत्तासिन दलका नेताहरुलाई उन्मुक्ति दिने र बिपक्षि दलका नेताहरुलाई हतोत्साहित गराउने गरि पार्टीका उपसभापति गछेदारलाई अनाहकमा फसाउने प्रपन्च गरेको उहाँको आरोप छ ।

Image may contain: 5 people, people smiling, people standing, night and outdoor
ललिता निवास जग्गा काण्डमा यसै क्षेत्रका नेकपाका नेता तथा महासचिव बिष्णु पौडेल नायिके रहेको समाचारहरुले पुष्टि गरेकाले त्यसको मुद्धा पौडेलमा केन्द्रित हुनुपर्ने बताउँदै नेपाल बिद्यार्थी संघका नेता छायाँ पोखरेलको सरकारको यस्तै रवैया रहिरहे नबिसंघ चुप लागेर नबस्ने र नायिकेहरुमा मुद्धा केन्द्रित हुनु पर्ने बताउनु भयो ।

कोण सभा नेपाल बिद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस बुटवलका सभापति सुरज क्षेत्रीको सञ्चालनमा भएको थियो ।
मसाल जुलुस प्रदर्शनमा बुटवल बहुमुखि क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस लगायतका क्याम्पसबाट नेबिसंघका नेता कार्यकर्ता, तरुणदलका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको नेबिसंघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसका सभापति महेश शर्माले जानकारी गराउनु भयो ।

Image may contain: 2 people, people standing, night and outdoor

प्रकाशित मिति : शुक्रबार, माघ २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij