पूर्वसचिव कार्कीकी श्रीमतीको कामदार विजय चौधरीले पिर्काले हिर्काएर हत्या गरेको खुलासा

पूर्वसचिव कार्कीकी श्रीमतीको कामदार विजय चौधरीले पिर्काले हिर्काएर हत्या गरेको खुलासा

काठमाडौं ।

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको कामदार विजय चौधरीले पिर्काले हिर्काएर हत्या गरेको खुलासा भएको छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेजमा उनकै घरमा काम गर्ने चौधरीले कार्कीमाथि पिर्काले हिर्काएर घाँटी कसेको देखिएको प्रहरी स्रोतले जनाएको छ ।

मुना कार्की सानेपास्थित निवासमा आज बिहान रगतले लतपतिएर अचेत अवस्थमा भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए ।  दाङ घर भएका विजय चौधरीले कार्कीमाथि साङ्घातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ । कार्कीले बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् ।

दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा घरमै रहेका छन् । घट्ना भएको समयमा छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन्

प्रकाशित मिति : सोमबार, माघ २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij