काठमाडौ
नेपाल चिकित्सक संघको अध्यक्षमा लोचन कार्की निर्वाचित भएका छन् । मंगलबार बिहान सार्वजनिक परिणाममा लोकतान्त्रिक समूहबाट चुनाव लडेका कार्की ४ हजार १११ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका पुष्पमणि खरालले १ हजार ९७९ मत प्राप्त गरे ।
१३ सदस्यीय कार्यसमिति रहेको चिकित्सक संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ ३ हजार ५९५ मत ल्याइ विजयी भए। उनका प्रतिद्वन्द्वी रक्षा श्रेष्ठले २ हजार २६२ मत मात्र प्राप्त गरिन्। त्यस्तै उपाध्यक्षमा ३ हजार ९४५ मतसहित अनिलविक्रम कार्कीले जितेका छन्। उनका प्रत्यासी रञ्जीतकुमार झाले १ हजार ९५४ मत ल्याए।
महासचिवमा भने बद्री रिजाल निर्वाचित भए। उनले २ हजार ४३१ मत पाए भने निकटतम प्रतिद्वन्द्वी मधुर बस्नेतले १ हजार ३७८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
कोषाध्यक्षमा ३ हजार २७८ मतसहित प्रकाश बुढाथोकीले जित हासिल गरेका छन् भने उनका प्रत्यासी सञ्जीतकुमार साहले २ हजार ५७९ मत पाएका छन्।
प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्