बटवल ।
नेपाली काँग्रेस रुपन्देहीको स्वास्थ्य विभागले कोरोना भाईरसको बिषयमा जनचेता अभिबृद्धि कार्यक्रम गर्ने निर्णय गरेको छ ।विभागको आज बसेको बैठकले चीनमा फैलिएको कोरोना भाईरसले नेपाली समाजलाई प्रभावित नगरोस भन्नकालागि विभागले जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको बैठकले चीनमा फैलिएको कोरोना भाईरसले नेपाली समाजलाई प्रभावित नपारोस भन्नकालागि सरकारका तर्फबाट पनि प्रभावकारी पहलकदमी चाल्न समेत आग्रह गरिएको विभागका संयोजक तथा नेपाली काँग्रेस रुपन्देहीका सदस्य गोबिन्द लम्सालले बताउनु भयो ।
बैठकले सदस्यहरुको कार्यविभाजन समेत गरेको छ । जसको सहसंयोजकमा रबिन्द्रसिंह रना र सचिवमा रामराज पोख्रेललाई जिम्मेवारी प्रदान गरिएको छ ।
नेपाली काँग्रेस रुपन्देहीले यस अंगाडी नै स्वास्थ्य विभागको संयोजक तोकेको थियो भने संयोजक लम्सालले सदस्यहरु बिस्तार गरि १२ सदस्यीय बनाउनु भएको थियो ।
जसमा कृष्ण कंडेल, नमनारायण बेल्बासे, सीता पोख्रेल, राजेन्द्र प्यासी, बिष्णु भन्डारी, प्रेमलाल यादब, महेश राई, गुनानिधी खनाल र मदन पोखरेल रहनु भएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्