मुख्यमन्त्री पोख्रेलसँग डएफआईडीको टोलीको भेटघाट

मुख्यमन्त्री पोख्रेलसँग डएफआईडीको टोलीको भेटघाट

बुटबल : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग बेलायत अन्तराष्ट्रिय सहयोग नियोग डिएफआईडीका एशिया क्षेत्रीय प्रमुख पिटर भवेल्स सहितको टोलीले आज भेटघाट गरेको छ ।

भेटघाटमा प्रदेश सरकारका प्राथमिकता र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले अहिले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए ।

भेटमा डिएफआइडी नेपाल प्रमुख डा. रुरिड मार्सदेन समेत थिए ।मुख्यमन्त्री पोख्रेलले सम्भव भएसम्म चालु पयिोजनाका सन्दर्भमा पुनरावलोकन गरी अघि बढ्न र अब नयाँ परियोजना सञ्चालन गर्दा छलफल गरेर अघि बढ्न आग्रह गरे ।

डिएफआइडीले नेपालको विकास प्रक्रियामा सहयोग गर्दै आएको र आगामी दिनमा पनि समन्वयात्मक ढंगले काम गर्ने डिएफआईडी एशिया क्षेत्रीय प्रमुख भवेल्सले बताए । उनले परिवर्तित सन्दर्भमा विगतको सहयोगलाई अझै व्यवस्थित गर्न इच्छुक रहेको बताए ।

मुख्यमन्त्रीले प्रदेशको प्राथमिकता, समुदायलाई लाभ पुग्ने र नतिजा दिने विकास परियोजनामा सहयोग हुने विश्वास व्यक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, मंसिर २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij