भैरहवा
डिभिजन वन कार्यालय नवलपुरको निमित्त कार्यालय प्रमुख र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयलेआज दुई लाख रुपैयाँ घुससहित कार्यालयमै पक्राउ गरेको हो ।
कार्यालयले लिलाम बिक्री गरेको काठ सेवाग्राहीले सकारेर लैजान खोज्दा निमित्त प्रमुख सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीले माग गरेको दुई लाख रुपैयाँ घुससहित कार्यालयमै उनीहरुलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।
देवकोटा र तेलीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्