कपिलवस्तु –कपिलवस्तुको शिवराज नगरपालिकाको सुचनामा नागरिक अनविज्ञ रहेका छन । शिवराज
नगर कार्यपालिकाले गरेको अधिकांस सुचना बहिरा नल्याउदा नागरिकहरु अगविज्ञ
रहेका छन । नगरपालिकाको अधिकांस सुचना नगरपालिकाको सामाजिक सञ्जालमा
राखीदा सामाजिक सञ्चालको पहुच भन्दा बहीरा रहेका नागरिक सुचनाबाट बन्चित
भएका छन । नगरपालिकाको दुर्गम क्षेत्रका नागरिकहरु सुचनाबाट बन्चित भएको
बताएका छन ।
सामुदायिक रेडियोहरुको छाता संगठन अकोरब प्रदेश ५ का उपाध्यक्ष राजु
खरालले नगरपालिकाले यहाँको मिडियालाई बयस गरी सामाजिक सञ्जालमा सुचना
राख्नु गलत भएको बताउनु भयो । खरालले भन्नु भयो यहाँका आम नागरिकको
पहुचमा यहा रहेको संचार मध्याम हुन तर शिवराज नगरपालिकाले सामाजिक सञ्चाल
मात्रै प्रयोग गर्नु भनेको सुचनाबाट बन्चित गर्ने काम गरेको बताउनु भयो ।
त्यस्तै यस क्षेत्रका पत्रकार संजीव गहतराजले आम नागरिकले नगरपालिकाको सुचना
नागरपालिकाले पाउनु नैसर्गिक अधिकार भएको बताउनु भयो । उहाले सुचनाको
लागि नगरपालिकाले सहजता आपनाउनु पर्ने बताउनु भयो ।
चन्द्रौटामा रहेको रेडियो शिवराजका स्टेशन म्यानेजर दिपक केसीले शिवराज
नगरपालिका कपिलवस्तुले आयोजना गर्दै गरेकोे राष्ट्रपति रनिङशिल्ड, मेयर कप
, र उप मेयर कप प्रतिोगितामा नगरपालिका भित्रका मिडिया हाउस लाई किन
बाइपास गरेको प्रश्न गर्नु भयो । उहाले भन्नु भयो जन उत्तरदायी र पारदर्शिता
खोइ ?
यता शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्ता पौडेलले
नगरपालिकाबाट प्रवाह हुने सुचना नगरपालिकाको फेसबुक र नगरपालिकाकै
वेवसाइटबाट प्रवाह हुदै गएको बताउनु भयो । उहाले नगरपालिकाका
नागरीकहरुलाई सुचना प्रवाह गर्दै गइरहेको बताउनु भयो । नगरपालिकाको
कार्यालयको सुचना पाटी र वडा कार्यालयको सुचना पाटीमा सुचना टाँस गरिएको
पौडेलले बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्