प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा गर्ने तय भएको सम्बोधन स्थगन, अब भोली गर्ने

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा गर्ने तय भएको सम्बोधन स्थगन, अब भोली गर्ने

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा गर्ने तय भएको सम्बोधन स्थगन गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि आजको बैठकमा तय भएको कार्यतालिका प्रभावित भएको हो ।
क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो । शोक परेका बेला बैठकमा शोक प्रस्ताव पारित गरेर स्थगन गरिन्छ ।
सोहीअनुसार आज प्रतिनिधिसभाको बैठक उपाध्यायको निधनमा शोकप्रस्ताव पारित गर्दै स्थगित भएको छ । क्यान्सरबाट पीडित सांसद उपाध्यायको ५१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो । केपी ओली नेतृत्वको सरकार गठन भएको २ वर्ष पुगेको अवसरमा आज प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिबारे प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची थियो । प्रधानमन्त्रीको सो सम्बोधनको कार्यसूची भोलिका लागि सरिएको संसद सचिवालयले जनाएको छ ।
आजका लागि तय भएको संसद बैठकको कार्यसूची भोलि बिहान ११ बजेका लागि सारिएको संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
यसैबीच, प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रका लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताउनु भएको छ । राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरूलाई आज ललितपुरमा दर्ज्यानी चिह्न प्रदान गदैं उहाँले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले समाज र राष्ट्र निर्माणमा युवाहरूलाई ध्यान केन्द्रित गर्न पनि गर्नुभयो । सर्वोत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा आफ्नोे मनोबल उच्च गराउन आवश्यक रहेको भन्दै उहाँले समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र पूरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरूको चौतर्फी व्यक्तित्व विकासमा हरसम्भव सहयोग गर्न कटिबद्ध रहेको बताउनुभयो

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij