सरकारले आमजनताको अपेक्षा अनुरुप काम गर्न सकेन:राप्रपा अध्यक्ष थापा

सरकारले आमजनताको अपेक्षा अनुरुप काम गर्न सकेन:राप्रपा अध्यक्ष थापा

बुटवल

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले आम जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै अध्यक्ष थापाले दुइ तिहाइको सरकारले जनताको जीवनस्तरमा परिर्वतन हुने गरी सकारात्मक परिणाम दिन नसकेको बताउनु भएको हो ।
सरकार अंक गणितीय रुपमा बलियो भएपनि उपलब्धीका हिसावले निकै कमजोर रहेको उहाँले बताउनु भयो । अध्यक्ष थापाले सरकार ढाल्ने षणयन्त्र भइरहेछ भनेर प्रधानमन्त्रीले आफनो गृह नगर पुगेर दिएको अभिव्यक्तिबारे जनतालाइ स्पष्ट पार्नु पर्ने बताउनु भएको छ । ‘प्रधानमन्त्रीले एकाएक किन सरकार ढाल्ने षणयन्त्रको महशुस गर्नु भयो । देशी बिदेशी कुन शक्तिसंग उहाँलाइ डर छ ? स्पष्ट पार्नु पर्छ’ नेता थापाले भने ।
एमसीसी नेपालको हितमा रहेको पनि उहाँले बताउनु भयो । एमसिसी बारे फैलाइएका गलत आफबाह चिर्न सरकाले आधिकारीक धारणा ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
थापाले आगामी निर्वाचनमा पार्टीलाइ प्रमुख शक्तिको रुपमा स्थापित गराउने तयारी स्वरुप निर्धारित समय भन्दा ९ महिना अगावै पार्टी महाधिवेशनको तयारी थालिएको जानकारी दिनुभयो नेपालको राष्ट्रियता र एकताको संरक्षणकालागि राजसंस्था सहितको लोकतान्त्रिक पद्यती अहिलेको आवश्यकता भएको भन्दै उहाँले यही सिद्धान्तको आधारमा जनताले आफनो पार्टीलाइ ठुलो शक्तिको रुपमा स्थापित गराउने पनि बताउनु भयो ।
अध्यक्ष थापाले आगामी महाधिवेशनमा नेतृत्वको दावेदारी नगर्ने पनि बताउनु भयो । ‘अहिलेकै नेतृत्वलाइ नै निरन्तरता दिने चाहाना भएको २१ महिना पहिले महाधिवेशन गरौ भन्ने प्रस्ताव नै गरीदैन थियो’ थापाले भन्नुभयो । महाधिवेशन अगावै राप्रपा संयुक्तसंग एकिकरण हुने जानकारी पनि दिनुभयो । ‘त्यसकालागि चिन्न देखि नेतृत्व सम्म सबै कुरा मिलीसकेको छ । खाली पशुपती जि र प्रकाश जिको फोन आउन बाँकी छ’ थापाले भन्नुभयो । बिगतमा दरबार वरपरका केही व्यक्तिहरुले राप्रपालाइ कमजोर बनाउन खोजेको भन्दै उहाँले केही तत्वले राप्रपा बिरुद्ध सषयन्त्र गर्न खोज्दैमा त्यसले पार्टीलाइ कुनै असर नगर्ने पनि बताउनु भयो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij