प्रधानमन्त्री ओलीकाे मुटु ‘स्वस्थ र सामान्य’

प्रधानमन्त्री ओलीकाे मुटु ‘स्वस्थ र सामान्य’

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको एन्जियोग्राफी गरिएको छ । मिर्गौला प्रत्यारोपणको तयारीअन्तर्गत मुटुको अवस्था हेर्न एन्जियोग्राफी गरिएको हो ।
प्रधानमन्त्रीको मुटु स्वस्थ र सामान्य देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । परीक्षणपछि प्रधानमन्त्री मङ्गलबार राति नै निवास फर्कनुभएको छ । प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण भएको र उहाँ स्वस्थ रहनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले हप्ताको एक पटक नियमित डायलायसिस गर्दै आउनुभएको छ । १३ वर्षअघि उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो । दुई महिनाअघि एक्कासी बिरामी भएपछि उहाँको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो ।
प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी भैरहेको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij