महिला पत्रकार भन्छन्, ‘ढुक्क भएर काम गर्ने वातावरण छैन’

महिला पत्रकार भन्छन्, ‘ढुक्क भएर काम गर्ने वातावरण छैन’

नेपाल पत्रकार महासंघ महिला समितिले आयोजना गरेको महिला फोटो पत्रकारको चुनौति र नेपाल पत्रकार महासंघको दायित्व विषयक कार्यक्रममा सहभागि पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल सहितका सहभागिहरु।

काठमाण्डौ।
फोेटो पत्रकारिता बिधामाका कृयाशिल महिला पत्रकारहरुले पत्रकारिता क्षेत्रमा ढुक्क भएर काम गर्ने वातावरण नभएको वताएका छन् । उनीहरुले अहिले पनि घर,परिवार र समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकोले महिलाहरुहको पत्रकारिता क्षेत्रमा सहभागिता कमी रहेको वताएका हुन ।
नेपाल पत्रकार महासंघ महिला समितिले आयोजना गरेको महिला फोटो पत्रकारको चुनौती र नेपाल पत्रकार महासंघको दायित्व विषयक कार्यक्रममा सहभागि फोटो पत्रकार प्रेरणा शाक्यले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न पहिल्यै घरैवाट सुरु भएको संघर्ष कार्यस्थल र समाजमा पनि गर्नुपर्ने वताउनुभयो । उहाँले भन्नुभयो, ‘महिलामैत्री वातावरण, उचित पारिश्रमिको अभावमा पत्रकारितामा महिला क्रियाशिलतामा कमी आएको छ ।’
पत्रकार उषा तिवारीले फोटो पत्रकारिता गर्दा आफ्नो लगानीसहित गर्नु पर्ने भएको र त्यो लगानी उठ्ने गरी पारिश्रमिक पाउन नसकेको गुनासो गर्नुभयो । उहाले भन्नुभयो ‘फोटो पत्रकारिता जोखिमपूर्ण पेशा हो । लगानी धेरै भएपनि उचित पारिश्रमिक छैन ।’
नेपाल टेलिभिजनका क्यामेरापर्सन ममता कोइरालाले सहअस्तित्वका लागि आफुहरु पत्रकारिता क्षेत्रमा कृयाशिल भएको वताउनुभयो । उहाले भन्नुभयो ‘तर पुरुष पत्रकार जतीकै सजिलो पत्रकारितामा महिला पत्रकारलाई छैन । एउटा महिलाको भूमिका वहुआयामिक छ । तर पनि काम गरिरहेका छौ ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुलाई टिकाई राख्नका लागि श्रमको उचित मुल्य र सञ्चारसंस्थामा महिलामैत्री वातावरण आवश्यक हुने वताउनु भयो । उपाध्यक्ष पोख्रेलले पत्रकारिता पेशा समाजीक उत्तरदायित्व सहितको चुनौतिपूर्ण काम भएकोले कानुन र अन्य कुराले प्रेस स्वतन्त्रता माथी हस्तक्षेप भए मान्य नहुने वताउनुभयो । उहाले भन्नुभयो ‘फोटो पत्रकारिता गर्दा सुरुमै पत्रकार स्वयम्ले लगानी गरेर सुरु गर्नु पर्ने हुन्छ । त्यसकारण त्यो लगानी उठ्ने गरी फोटो पत्रकारले पारिश्रमिक पाउने प्राबधानको सुनिश्चितता आबश्यक पर्दछ ।’ पत्रकार महासंघले पत्रकारिता गर्नसक्ने बाताबरण निर्माण गर्न र श्रमको मुल्य सुनिश्चित गर्नका लागि आवाज उठाउदै आएको चर्चा गर्दै पोख्रेलले भन्नुभयो ‘कानुन र व्यवहार दुबै रुपमा काम गर्ने वातावरण बनाउनु र श्रमको मुल्य सुनिश्चित गर्नु प्रथम दायित्व हो ।’ पत्रकारहरुको सीप क्षमता विकासका लागि पनि लगानी हुनुपर्नेमा जोड दिदै उहाँले महासंघको तर्फवाट विधागत पत्रकारिताको प्रबद्र्धनमा विशेष चासो दिइदै आएको स्मरण गराउनु भयो । ‘प्रबिधिसहितको पत्रकारिता गर्ने महिला फोटो पत्रकारहरुको सुरक्षाको सवाललाई महासंघले विशेष ध्यान दिदै आएको छ’ उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहालले पत्रकारितामा चुनौति सहित अवसर पनि भएको वताउनुभयो । उहाले भन्नुभयो ‘पत्रकारितामा फोटो सशस्क्त विधाको रुपमा आएको छ । यसलाई अबसरमा वदल्नु पर्दछ । संख्या भन्दा पनि गुणस्तरियता अहिलेको आवश्यकता हो ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा महिला विभाग संयोजक लक्ष्मी पुनले महिला पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा टिकाई राख्न नीतिगत, संस्थागत वा सीप क्षमता विकास कार्यक्रम ल्याउन आफुहरुले महासंघमा पहल गरिरहेको वताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij