JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उबासंघको स्थापना दिवस: आम्दा अस्पतालका बिरामीलाई सहयोग वितरण

बुटवल उबासंघको स्थापना दिवस: आम्दा अस्पतालका बिरामीलाई सहयोग वितरण

बुटवल- बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको स्थापना दिवसमा अस्पतालमा उपचाररत महिला तथा बालबालिकालाई फलफूल, डाईपर तथा टिस्युपेपर वितरण गरेको छ । संघको ६७ औं स्थापना दिवसको अवसर पारेर संघ अन्तरगत गठित महिला उद्यमी समितिले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा उपचाररत महिला तथा बालबालिकालाई फलफूल, डाईपर तथा टिस्युपेपर वितरण गरेको हो ।

सहयोग वितरण कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा आम्दा अस्पताल सञ्चालक समितिका उपाध्यक्ष खिमबहादुर हमालले संघको स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायितव बहन गर्दै स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम गरिएको जानकारी गराउनु भयो । संघको स्थापना दिवसकै अवसरमा संघको सचिवालय परिसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको थियो भने शनिबार अम्दा अस्पतालमा बिरामीलाई फलफूल तथा डाईपर वितरण गरिएको हो ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा आम्दा अस्पतालका सञ्चालक जीवनप्रसाद वझाले संघको स्थापना दिवसको अवसरमा सानो भएपनि सहयोग गरिएको बताउँदै सहयोगलाई टिका र प्रसादको रुपमा लिन आग्रह गर्नुभयो । बुटवल उद्योग बाणिज्य संघ, आम्दा नेपाल र बुटवल उपमहानगरपालिकाले त्रिपक्षीय समझदारीमा २०५५ सालमा सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापना भएको स्मरण गर्दै उहाँले अस्पताल स्थापनाकालदेखि नै अस्पतालको बिकासमा उद्योग बाणिज्य संघले ठूलो योगदान गरेको उल्लेख गर्नुभयो ।


त्यस्तैगरी आम्दा अस्पतालका निमित्त निर्देशक केशवराज शर्माले संघको स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई सहयोग प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको याचना गर्नुभयो । उहाँले अस्पतालको स्थापना कालदेखि नै बुटवल उद्योग बाणिज्य संघको ठूलो सहयोग रहेको औंल्याउँदै आगामी दिनमा संघ तथा उद्योगी व्यबसायीहरुलाई अस्पतालको बिकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।

संघको स्थापना दिवसको अवसरमा संघमा गठित महिला उद्यमी समितिकी अध्यक्ष नमकला वेलवासेले बिभिन्न दाताहरुको सहयोगमा कार्यक्रम गरिएको जानकारी गराउनु भयो । उक्त कार्यक्रमका लागि संघका कार्यसमिति सदस्य बसन्तप्रसाद ढकाल, जगानाथ न्यौपानेले डाईपर सहयोग गर्नुभएको थियो भने बस्तुगत समितिका उपाध्यक्ष बिनोद निरौलाले टिस्युपेपर प्रदान गर्नुभएकोको समितिकी अध्यक्ष वेलवासेले जानकारी गराउनु भयो ।

अस्पतालमा सहयोग वितरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्य तथा स्थापना दिवस बिशेष कार्यक्रमका संयोजक प्रकाशकुमार श्रेष्ठ, कार्यसमिति सदस्य बसन्तप्रसाद ढकाल, बिभिन्न बस्तुगत समितिका सभापतिहरु, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
बुटवल उद्योग बाणिज्य संघको २००९ साल फागुन १० गते स्थापना भएको थियो । संघको स्थापना दिवसको अवसरमा आज साँझ संघको सचिवालयमा दीपावली कार्यक्रम गरिँदै छ भने भोली आईतबार संघको सभाहलमा व्यबसायिक समस्याका बिषयमा अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएको स्थापना दिवस बिशेष कार्यक्रम संयोजक श्रेष्ठले बताउनु भयो । त्यसै अवसरमा पूर्वअध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गरिने छ । संघको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष एक जना पूर्व अध्यक्षलाई सम्मान गर्दै आईएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij