बुटवल- लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देहीको हालै सम्पन्न साधारण सभा तथा अधिवेसनबाट निर्वाचित समितिले चयन गरेको सल्लाहकाररुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । शनिवार बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित अध्यक्ष बाबुराम भुषाल नेतृत्वको टोलीले सल्लाहरुलाई बधाई ज्ञापन तथा सम्मान गरेको हो ।
नव निर्वाचित अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष तथा सल्लाहकार घनश्याम भुषालले संस्था जन्माउने कुरा भन्दा पनि यसलाई निरन्तरता दिने कुरा महत्वपूर्ण रहेको भन्दै सबै निर्वाचित पदाधिकारीहरु र सल्लाहकारहरुलाई बधाई तथा धन्यावाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा निर्वतमान अध्यक्ष तथा सल्लाहकार केशव कुँवरले संस्थागत विकासको लागि आ आफ्नो क्षेत्रबाट निरन्तर रुपमा लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा पुर्व अध्यक्ष वजिर शाह, कानुनी सल्लाहकार अधिवक्ता कृष्ण प्रसाद पाण्डे, टोल विकास संस्थाका अध्यक्ष तथा सल्लहकार यज्ञ गैरे, व्यवसायीक सल्लाहकार कृष्ण प्रसाद पोखरेल, भिम कान्त शर्मा, सुरेन्द्र कुमार कानु, प्रेस सल्लाहकार कृष्ण खनाल लगायतले आ आफ्नो भनाई राखेका थिए । संघका महासचिव मेघनाथ पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । केही समय पहिला भएको अधिवेसनले बाबुरा भुषालको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरेको थियो । जसको बरिष्ठ उपाध्यक्ष मो.याकुव, उपाध्यक्षमा अमृत भट्राई, महासचिवमा मेघनाथ पौडेल, सचिवमा मो. अनिश राईन, कोषाध्यक्षमा मनिष बर्नवाल, सदस्यहरुमा नेत्र प्रसाद बस्याल, बसन्ती खड्का, अंकित कुमार कान्दु, गौतम अग्रहरी, प्रकाश पाण्डे, राजु भुषाल, रवि कुमार बर्नवाल चयन भएका थिए ।
समितिले सल्लाहरुरुमा निर्वतमान अध्यक्ष केशव कुँवर संस्थापवक अध्यक्ष धनश्याम भुषाल, पुर्व अध्यक्ष वजिर शाह, जनप्रतिनिध वडा अध्यक्ष जगदिश चन्द्र आचार्य, व्यवसायीक सल्लाहरुमा कृष्ण प्रसाद पोखरेल, भिमकान्त शर्मा, सुरेन्द्र कुमार कान्दु, कानुनी सल्लाहकार अधिवक्ता कृष्ण प्रसाद पाण्डे, प्रेस सल्लाहकारमा कृष्ण खनाल, टोल विकास संस्थाबाट सल्लाहकार यादव गैरे, किसान प्रतिनधीसल्लाहकारमा यमनाथ पौडेल लाई चयन गरेको थियो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्