विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल

विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल

बुटवल
विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फागुन १४ गते संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत नेता कार्यकर्ताहरु गिरफ्तार गरेको विरोधमा देशव्यापी शैक्षिक आमहड्तालको आयोजना गरेको छ ।
यसक्रममा लुम्बिनी व्युरो अन्तर्गतका सबै जिल्लाका शैक्षिक संघसंस्थाहरु बन्द रहने आयोजकले बताएको छ । लुम्बिनी व्युरो अन्तर्गत नवलपुरबाट रुपा बुढा मगर, पाल्पा सारदा भन्डारी, रुपन्देहीबाट गोपाल रोक्का, कपिलवस्तु बिष्णु राउत, अर्घाखाँचीबाट नविन खड्का, नवलपरासीबाट सुशील परियारले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गर्दै जिल्लास्थित सबै शैक्षिक संस्थाहरु बन्द गर्न अनुरोध गरेका छन ।
ती सबै जिल्लाका अध्यक्षहरुले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सांगठनिक कामको सिलसिलामा रहेको बेला संगठनका अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरि राजनीतिक आस्थाकै कारण झुठा मुद्दा लगाएर गैरन्यायिक हिरासतमा राखिएको बताएको छ । उनीहरुको गैरन्यायिक गिरफ्तारी, धरपकड र झुठा मुद्दा खारेज गर्न र तत्काल रिहा गर्न शैक्षिक संस्था बन्द गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij