प्रधानमन्त्री ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।आज बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा ओली र शेखरबीच डेढघण्टा लामो भेटवार्ता भएको हो ।भेटको शुरुमै कोइरालाले आफुले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ भनेको प्रसङ्गबाट उठाएका थिए ।
भेटमा राष्ट्रिय राजनीति, बाँस्कोटा प्रकरण, संविधान संशोधन, नेकपाभित्रको चलिरहेको आन्तरिक कलह र कांग्रेस पार्टीका विषयमा छलफल भएको बताइएको छ ।
शेखरले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा कुनै पनी बेला मुलुक दुर्घट्नामा पर्न सक्ने भन्दै त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाएका थिए ।

भेटमा प्रधानमन्त्री ओली देशका बारेमा निकै चिन्तित देखिएको बताइएको छ ।प्रधानमन्त्री ओली र शेखरबीच भेटवार्ता भएको कोइरालाका सहयोगी दिनेश थपलियाले स्विकार गरेपनी डेढ घण्टाको भेटमा थप के के कुरा भयो भन्नेबारे केही बताउँन चाहेनन् ।
पार्टीको आसन्न महाधिवेशनमा सभापती लड्ने भन्दै देश दौडाहामा रहेका कोइराला र प्रधानमन्त्रीबीचको यो भेटघाटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij