बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ जानकीनगरमा आहाना कलेक्सन सचालनमा आएको छ । महिला तथा बालबालिकाहरुकालागि तयारी पोशाकहरुको पसल आहाना कलेक्सनको शुक्रबार एक कार्यक्रमका बिच सुभारम्भ गरीएको हो । तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारीले एक कार्यक्रमका बिच कलेक्सनको बिक्रि सुभारम्भ गर्नु भयो । सो अबसरमा बोल्दै अध्यक्ष भण्डारीले चर्को कर, राज्यका बिभेदकारी र झन्झटीला नीतिले निजी क्षेत्र मर्कामा परेको बताउनु भयो ।
निजी क्षेत्रको विकास र बिस्तार बिना देशमा समृद्धि भित्रन नसक्ने भन्दै अध्यक्ष भण्डारीले नीजि क्षेत्र मैत्री कर प्रणाली र नीति नियम बनाउनु पर्नेमा जोड दिनु भयो । बुटवल भैरहवा ६ लेन सडकसंगै जोडीएको आहाना कलेक्सन युवा व्यवसायी ज्ञानेन्द्र कार्की र मुना कार्कीले संचालनमा ल्याउनु भएको हो ।
तिलोत्तमा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका संचालक कार्कीले उपभोक्ताहरुलाइ गुणस्तरीय सामान सुफत मुल्यमा उपलब्ध गराउने बताउनु भयो । नेपाली उपभोक्ताहरु भारतीय बजार सुनौली, नौतनवा सम्म पुगेर सामान खरिद गर्दा करोडौ रुपँेया बिदेसिएको भन्दै सुनौली नौतनवा भन्दा सस्तो मुल्यमा डिजाइनदार र गुणस्तरीय पहिरन आहाना कलेक्सनमै उपलब्ध हुने कार्कीले जानकारी दिनुभयो । झण्डै ५ करोडको लगानीमा संचालनमा ल्याइएको कलेक्सनमा २५ जनाले रोजगारी पाएका छन । महिला तथा बालबालिकाकालागि आवश्यक पर्ने आधुनिक र डिजाइनका पहिरनहरु बुटवल, भैरहवा तथा भारतीय बजार सुनौली नौतनवा भन्दा सुफत मुल्यमा उपलब्ध गराइने कार्कीले बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्