डिभी एजुकेशन को आयोजनामा एक दिने सेमिनार सम्पन्न

डिभी एजुकेशन को आयोजनामा एक दिने सेमिनार सम्पन्न

बुटवल

डिभी एजुकेशन को आयोजनामा शुक्रवार एक दिने सेमिनार सम्पन्न भएको छ । तिलोत्तमाको होटल टुलीपमा भएको सेमिनारमा रुपन्देहीका कक्षा १२ मा अध्ययनरत ३ सय बढी विधार्थीहरु सहभागि भएको डिबी एजुकेशनका कार्यकारी अधिकृत रितु न्यौपानेले बताउनुभयो । प्याब्सन तिलोत्तमाका अध्यक्ष डिबी थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवानली, न्यु ईन्भाइरन्मेन्ट मावीका प्राचार्य मधुप्रकाश ज्ञवाली लगायतले शुभकामना दिएका थिए ।

सेमिनारमा करियर काउन्सिलका प्रशिक्षक श्रीधर वस्यालले १२ पछि कस्तो विषय रोजेर पढ्दा राम्रो हुने र विद्यार्थी सही बाटोमा हिंड्न अपनाउनुपर्ने उपायबारे प्रशिक्षण दिनुभएको थियो । त्यस्तै कार्यकारी अधिकृत रितु न्यौपानेले डिभी एजुकेशनको बारेमा जानकारी दिनुभएको थियो । सोही अवसरमा डिभी एजुकेशनका अध्यक्ष विश्वनाथ प्रसाद शाहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी कलेज तथा सेफर्ड कलेजमा अध्ययनरत बुटवलका विद्यार्थी लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै सेफर्ड कलेजका प्रतिनिधी कविता शर्माले डिभी एजुकेशनले सामाजिक क्षेत्रमा गरेका कामको बारेमा जानकारी दिनुभएको थियो । विगत २० वर्षदेखि शिक्षा क्षेत्रमा काम गरिरहेको उक्त संस्थाको मुख्य कार्यालय काठ्माण्डौमा रहेको छ

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij