बुटवल ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले मेला महोत्सव नगर्ने निर्णय गरेपनी फागुन २१ देखि चैत्र २ गते सम्म बुटवलमा सञ्चालन हुन लागेको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव भने नरोकिने भएको छ ।
मेलाको तयारी अन्तिम चरणमा पुगेकोले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसि सहितको बिशेश छलफलले मेला नरोकिने निर्णय भएको प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले ज।नकारी दिनुभयो ।
उहाले मेला सञ्चालनको मिति नजिकिँदै गर्दा कामहरु करिब करिब सकिन लागेको र महिलाको नेतृत्वमा भएको पहिलोमेला
३ सय भन्दा वढि स्टलहरुको सहभागिता रहने महोत्सवमा स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा आयोजकको रहेको बताउनुभयो ।
संस्थाकी प्रदेश ५ महासचिव पार्वती अधिकारीले मेलामा स्टल निर्माणकोका काम ८० प्रतिशत सम्म सकिएको बताउनुभयो ।
महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहने छ । पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ
महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु राखिने आयोजकले जनाएका छन् ।
एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवको तयारी समेत तिव्र बनाईएको छ । फागुन २१ देखि चैत्र २ गते सम्म बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चानल हुने छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्