बुटवल उद्योग बाणिज्य संघद्धारा कोरोना बाट बँच्न आम नागरिकलाई आह्वान

बुटवल उद्योग बाणिज्य संघद्धारा कोरोना बाट बँच्न आम नागरिकलाई आह्वान

बुटवल-  बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना भाईरस संक्रमणको जोखिमबाट बँच्नका लागि सेचत हुन आम नागरिकलाई आह्वान गरेको छ । संघले शुक्रबार एक बिज्ञप्ती जारी गरेर विश्वव्यापी रुपमा बढ्दै गएको कोरोनाको संक्रमण हुन नदिन सरकारका तर्फबाट पनि सजगता अपनाउन आग्रह गरेको हो ।
संघका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना भाईरसको जोखिम कम गर्नकालागि सरकारलाई हरउपाय अपनाउन आग्रह गरिएको छ भने आम नागरिकलाई पनि सजग हुन अपिल गरिएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नकालागि अति आवश्यक काम बाहेक, भिडभाडमा नजान, हात मिलाउनको साटो नमस्कार गर्न र आउँदै गरेको होली पर्वमा रंग नखेल्न समेत विज्ञप्ती मार्फत संघले आग्रह गरेको हो ।
कोरोना भाईरसको संक्रमणको प्रभाव बढ्दैजाँदा नेपालमा मास्कको पनि प्रयोग बढेको उल्लेख गर्दै यसको फाईदा नउठाउन समेत व्यापारीलाई आग्रह गरिएको छ । कोरोना भाईरस संक्रमण जोखिमको फाईदा उठाएर अहिले अत्यधिक प्रयोग भएको मास्कलाई लुकाउने तथा बढी मुल्यमा बिक्रि वितरण भएको भन्ने समाचार आएकाले सम्बन्धि व्यापारीलाई बढी मुल्यमा बिक्रि वितरण नगर्न तथा नगराउने आग्रह गरिएको छ ।
विज्ञप्ती मार्फत सम्बन्धित सरकारी निकायबाट अनुगमन गर्न र त्यस्तो भएको भए त्यस्ता व्यापारीलाई तत्काल कारवाही गर्न आग्रह गर्दै मास्क लुकाउने तथा बढी मुल्यमा बिक्रि वितरण गर्ने व्यबसायीलाई संघले कुनै प्रकारको संरक्षण नगर्ने समेत ध्यानाकर्षण गराईएको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij