भैरहवा बहुमुखी क्याम्पस नेवि सघद्धारा कोरोना भाइरसबारे सचेतना कार्यक्रम सम्पन्न

भैरहवा बहुमुखी क्याम्पस नेवि सघद्धारा कोरोना भाइरसबारे सचेतना कार्यक्रम सम्पन्न

भैरहवा

भैरहवा बहुमुखी क्याम्पस नेवि सघ इकाइ समिति ले नोवेल कोराना भाइरसका बारेमा सचेतना कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत बहुमुखी क्याम्पस मा अध्ययन गर्ने विधार्थीहरुलाई कोरोना सम्बन्धी पर्चा, पम्पलेट बाडिएको थियो ।

चीनबाट सुरुभएको नोबेल कोरोना भाईरस अहिले विश्वका धेरै देशहरुमा फैलिसकेको छ । विशेष गरि हच्छ्यु गर्दा, श्वासप्रश्वास तथा हात मिलाउदा संक्रमित ब्यक्तिबाट एक आपसमा रोग सर्न सक्ने हुंदा अब देखि क्याम्पस मा हात नमिलाउने र नमस्कार मात्र गर्न अनुरोध समेत गरिएको भैरहवा बहुमुखी क्याम्पस नेवि सघ इकाइ समिति सभापति सम्राट थापा ले बताउनु भयो ।

सचेतना कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिईने सभापति थापाले जानकारी दिनु भयो । नोबेल कोरोना भाईरसबाट सतर्कता अपनाउन विधार्थीहरु लाई थापाले अनुरोध समेत गर्नु भएको थियो ।

भाइरसविरुद्ध विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेसँगै नेपालले पनि सजगता अपनाएको छ ।

कोरोना भाइरसबाट बच्ने र रोग लाग्नुभन्दा नलाग्न कसरी ध्यान दिने भन्ने बारेमा सचेतना कार्यक्रम गरीएको नेवि सघ इकाइ समिति सचिव नवराज अर्याल ले बताउनु भएको छ । कोरोना भाइरस एक सरुवा रोग भएकोले यसबाट बच्न स्वयं सचेत हुनुपर्ने उहाँको भनाई थियो ।

सचेतना कार्यक्रम मा नेवि सघ नगर समिति का सभापति प्रतिक भण्डारी,ओजस शर्मा, अन्जली ठकुरी लगायत विधार्थी नेताहरु को उपस्थिती रहेको थियो । सो अवसर मा विश्वव्यापी रुपमा बढ्दै गएको कोरोनाको संक्रमण हुन नदिन क्याम्पस का तर्फबाट पनि सजगता अपनाउन आग्रह गर्दे क्याम्पस प्रमुख लाई ज्ञापन पत्र समेत बुझाएको अर्याल ले बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij