इराकमा सैन्य शिविरमा आक्रमण, ३ जनाको ज्यान गयो

इराकमा सैन्य शिविरमा आक्रमण, ३ जनाको ज्यान गयो

काठमाण्डौ
इराकको राजधानी बगदाद नजिक रहेको एक सैन्य शिविरमा भएको रकेट आक्रमणमा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
उत्तरी बगदाद नजिक रहेको ताजी सैनिक शिविरमा भएको रकेट आक्रमणमा अन्य १२ जना घाइते भएका छन् ।
ताजी सैनिक शिविरमा अमेरिकी र बेलायती सैनिकले इराकी सुरक्षाबललाई प्रशिक्षण दिँदै आइरहेका छन् ।अमेरिकी सेनको स्रोतअनुसार आक्रमणमा एक जना अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक जना बेलायती सैनिकको ज्यान गएको हो ज्यान गुमाउनेको परिचय खुलाइएको छ ।गएको जनवरीमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानका सैनिक कमाण्डर कसिम सुलेमानीको ज्यान गएपछि अमेरिका–इरान तनाव बढिरहेको छ ।यो आक्रमण कसले गरेको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । यद्यपि यो आक्रमण इरान समर्थित विद्रोहीहरुले गरेको हुनसक्ने बताइएको छ ।इराकमा अमेरिकी सैनिकको उपस्थितिलाई इरानले लगातार विरोध गर्दै आइरहेको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij