काठमाडौँ । अस्पतालबाट डिस्चार्ज हुनुभएपछि बालुटारमा आराम गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीलाई ओलीसँग आज विहान भेट गर्नुभएको हो ।
दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर शुक्रबार शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएका ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटारस्थित प्रधानमन्त्री निवास पुग्नुभएको थियो । ओली र प्रचण्डबीच करिव आधा घण्टा कुराकानी भएको बताइएको छ । मृगौला प्रत्यारोपणका लागि ओली महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएपछिको यो पहिलो भेटघाट हो ।ओली अस्पताल भर्ना हुनुअघि नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा दुवै नेता विभाजित थिए । १५ फागुनमा भएको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच मदभेद बढेको थियो ।
सचिवालयले सर्वसम्मत निर्णय गरे पनि ओलीले त्यसलाई कार्यान्वयन नगरेकाले नेकपाभित्र यस सम्बन्धी विवाद यथावत छ । पार्टी निर्णय नभएपनि २१ फागुनमा खतिवडा अर्थमन्त्रीमा पुन नियुक्ति दिएर ओलीले बामदेव गौतमलाई राष्ट्रिय सभामा नपठाउने संकेत दिनुभएको छ ।
दुई नेताबीच ओलीको स्वास्थ्य अवस्था र देशमा देखिएको कोरोना संक्रमणको त्रासका विषयमा छलफल भएको बताइएको छ । पार्टीको आन्तरिक विवाद र सचिवालय बैठक बोलाउने विषयमा भने कुनै कुरा नभएको बताइएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्