पूर्व मिस नेपाल उषा खड्गीले तोडिन् वैवाहिक सम्बन्ध

पूर्व मिस नेपाल उषा खड्गीले तोडिन् वैवाहिक सम्बन्ध

पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी हुन् ।

काठमाडौं – पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी हुन् ।

खड्गीको १७ वर्षअघि जीपी तिमल्सेनासँग विवाह भएको थियो । विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् ।

वैवाहिक सम्बन्धका क्रममा झेलेको हिंसाको प्रसंगमा खड्गी भक्कानिएकी छन् । ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो,’ उनले वैवाहिक सम्बन्ध तोड्नुको कारणबारे भनेकी छन् ।

यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलेको थियो । यद्यपि उनीहरु दुवैले त्यसलाई नकार्दै आएका थिए । तर, अहिले उषा आफैंले यसबारे मुख खोलेकी हुन् ।

उनले फेसबुकमा स्टाटसमा लेख्दै माया र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् र यसले आफूलाई थप बलियो बनाएको बताएकी छन् ।

जीपी तिमल्सेना र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो । २ वर्ष रिलेसनसिपमा बसेपछि उनीहरूबीच बिहे भएको थियो । हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन्

प्रकाशित मिति : आइतबार, चैत्र २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij