सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । शितगंगा नगरपालिका १२ रजिया रातामाटाका विकास नेपालीको शनिबार राती परेको असिनाले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो
।
शनिबार दिउँसो घरबाट हिँडेका सुस्त मनस्थितिका नेपाली डोहोटेको कुडुले जंगलमा बाटोको कुनामा मृत भेटिएका हुन् । बाक्लो असिनाले चुटेर बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्