गुल्मी ।
गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा अन्दाजी ३४ वर्षीया बिन्दु थापा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षकएसपीराजेन्द्रसिंह खड्काले बताए ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ । फागुन २६ गते घरबाट हिँडेकी महिलाको शव भिरमा भेटिएको एसपी खड्काले बताए ।
शवलाई पोष्टमार्टम गर्नको लागि गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।
प्रकाशित मिति : आइतबार, चैत्र २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्