कोरोनाको वहानामा रुपन्देहीमा कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग

कोरोनाको वहानामा रुपन्देहीमा कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग

बुटवल ।
बजारमा माक्स, खाद्यान्य तथा दैनिक उपभोग्य मालसमानको अभाव देखिन थालेको भन्दै त्यस तफै सरकार सचेत हुनुपर्ने बताएका छन ।रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले सोमवार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै बजारमा माक्स अभाव देखिनुमा एक्कासी मागमा भएको बृद्धि नै भएको भन्दै यस्तो अवस्थामा कालोबजारी नियन्त्रणका लागि सरकार तथा व्यवसायीहरुले समेत ध्यान दिन आवस्यक रहेको बताएका हुन ।कोभिड १९” को वहानामा कालोवजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ ।
कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका संघ संस्थाहरुले सघाउने प्रतिवद्धता समेत जनाएका छन् ।प्रदेश स्वास्थय निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ अधिकृत रोशनलाल चौधरी विश्वव्या महामारीको रुपमा फैलिएको कोराना संक्रमणबाट यस क्षेत्रमा आतंकित हुनु पर्ने अवस्था नरहेको बताउनुभएको छ । सरकारले संक्रमण नेपालमा छिर्न नदिनका लागि आवश्यक सम्पूर्ण पूर्व तयारीहरु गरिरहेको जानकारी गराउनुभयो । उहाले तयारी अन्तरगत प्रदेशमा १ सय २० भन्दा बढी आइसोलेसन वेडको व्यवस्था, १७ वटा हेल्प डेक्सको स्थापना गरिएको बताउनुभयो । यसैगरी महाशाखाको तथ्याङ्क अनुसार प्रदेशमा आईतबार साँझसम्म ११ हजार ५ सय ४ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा हालसम्म कुनै विरामी पनि कोरोना संक्रमण नभेटिएको स्पष्ट पार्नुभयो त्यस्तै गरी कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रको लागि सरकारले उचित तयारी गर्न नसकेको बताउनुभयो । कोरोनाका बारेमा बास्तविक सुचना दिन सरकार चुकेको भन्दै बास्तविक सूचना दिन सरकारसँगआग्रह छ उहाले भन्नुयो। बजारमा कोरोनाको वहानामा उपभोग्य सामाग्रीको कृतिम अभाव देखिएको भन्दै उहाले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो ।रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि संघले सरकारलाई सघाउन तयार रहेको बताउनुभयो । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चा पदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था हुने बताउनुभयो ।बजारमा माक्स अभाव देखिनुमा एक्कासी मागमा भएको बृद्धि नै भएको भन्दै यस्तो अवस्थामा कालोबजारी नियन्त्रणका लागि सरकार तथा व्यवसायीहरुले समेत ध्यान दिन आवस्यक रहेको बताउनुभयो।साक्षात्कार क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij