साउदी अरेबियामा कर्फ्यु जारी, यूएईका सम्पूर्ण उडानहरु रद्द

साउदी अरेबियामा कर्फ्यु जारी, यूएईका सम्पूर्ण उडानहरु रद्द

रियाद । साउदी अरेबियामा कोरोना भाइरस नियन्त्रणको पहलस्वरुप कर्फ्यु जारी गरिएको छ । त्यसैगरी संयुक्त अरब इमिरेट्‍समा सम्पूर्ण उडानहरु रद्द गरिएका छन् ।

युएईले दुई साताका लागि सम्पूर्ण उडानहरु बन्द गरिएका छन् । युएई सरकारले सम्पूर्ण नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । त्यसैगरी सम्पूर्ण मल तथा बजारहरु आगामी ४८ घण्टापछिदेखि बन्द गरिने घोषणा गरिएको छ ।

त्यसैगरी सिरियामा कोरोनाको पहिलो संक्रमित भेटिएको जनाइएको छ । बहराइनमा दोस्रो संक्रमित व्यक्तिको मृत्यु भइसकेको छ । अफगानिस्तानमा पनि संक्रमित एकजनाको मृत्यु भएको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजारभन्दा बढी देखिएको छ भने करिब १५ हजार संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij