नेकपा. प्रदेश ५ का सांसदहरुले १५ दिनको तलब कोरोना नियन्त्रणको राज्यकोषलाई दिने

नेकपा. प्रदेश ५ का सांसदहरुले १५ दिनको तलब कोरोना नियन्त्रणको राज्यकोषलाई दिने

रुपन्देही-बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेश ५ का सांसदहरुले १५ दिन बराबरको तलब कोरोना नियन्त्रण को लागि राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका छन । कोरोना भाइरसको सम्भाबित संक्रमणको जोखिमलाई कम गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का सांसदहरुले १५ दिनको तलब बराबरको आर्थिक सहयोग स्वरुप राज्यकोषमामा जम्मा गर्ने निर्णय भएको नपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश पाँच का प्रमुख सचेत भुमिश्वर ढकालले जानकारी दिनु भएको हो ।

चीन बाट सुरु भएको उक्त भाइरस अहिले बिश्वका १६५ भन्दा बढी देशहरुमा फैलिसकेको भने यस कोरोना भाइरसबाट इटली बढी प्रभाबित भएको छ। छिमेकी देश भारतमा समेत कोरोना संक्रमित बिरामी फेला परेकोले नेपाल भारतसंगको खुल्ला सिमा भएकोले पनि नेपालले उक्त कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न सचेतता संगै सबै कुरामा तयारी हुनुपर्ने सांसद ढकालले बताउनु भएको छ। महामारीको रुपमा बिश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिमबाट जोगिन प्रदेश ५ का सम्पुर्ण नागरिकहरुलाई घरमै क्वारेन्टाइनमा बस्न , मास्क प्रयोग गर्न,अत्यावस्यक काममा बाहेक सामान्य कामका लागि घर बाहिर ननिस्कन र नियमित साबुनपानीले हात धुन समेत प्रदेश ५ का नागरिकहरुलाई सांसद ढकालले अनुरोध गर्दै प्रदेश पाँचका स्थानिय सरकारको रुपमा रहेका सबै पालिकाहरुलाइ सतर्कता अपनाउन बिभिन्न संचार माध्यम मार्फत सचेतनामूलक कार्यक्रम तथा शन्देस प्रवाह गर्नुपर्नेमा जोड दिनु भएको छ। पर्देश ५मा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को तर्फबाट बिजयी ६१ जना सांसदहरु रहेका छन ।

सम्भाबित खतरालाई मध्ये नजर गरि प्रदेश ५ का बुटवल, दांग लगायत मुख्य स्थानहरुमा अस्थाई अस्पतालको रुपमा क्वारेन्टाइन र आइसोलेसन स्थल तयार गरिएको र आवश्यकता अनुसार बिभिन्न सामुदायिक हल,स्वास्थ्यचौकी,सामुदायिक तथा निजि बिधालयहरुलाई समेत क्वारेन्टाइनको रुपमा ब्यबस्था गरिने बताउनु भएको छ।

संकटका बेलामा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सम्बन्धित सबै पक्ष संग आग्रह गर्ने साथै संकटको बेलामा कालोबजारी हुन नदिन सबै लाई सचेत गराउने बताउदै संकटको बेला हरेक नागरिकहरुमा कुनै बिचल्लित नहुन र धैर्यता अपनाउदै बिषम परिस्थिती संग सबै एकजुट हुनु पर्ने समेत बताउनु भएको छ।

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij