आईसोलेशन अस्पताल व्यवस्थापनमा मन्त्रि बराल व्यस्त

आईसोलेशन अस्पताल व्यवस्थापनमा मन्त्रि बराल व्यस्त

बुटवल – प्रदेश सरकारको निर्णय अनुसार सामाजिक विकास मन्त्रालयले तिन बटा जिल्लामा आईसोलेशन अस्पतालको व्यवस्थापन गरेको छ । रुपन्देहीको वुटवल धागो कारखाना, भैरहवा भिम अस्पताल, वेलझुण्डीको केन्द्रिय आयुर्वेद विद्यापिठ भवन, बांकेको खजुरा स्थित सुसिल कोईराला प्रखर क्यान्सर अस्पतालमा आईसोलेशन अस्पताल संचालन भएका हुन । रुपन्देहीमा स्थित भिम अस्पताललाई कोरोना विशेष आइसोलेशन अस्पतालको रुपमा संचालन गरिएको छ ।
उक्त अस्पतालमा आईसियु सहितको ३० वेड रहेका छन । प्रदेश सरकार मुख्यमन्त्रि तथा मन्त्रि परिषदको वैठकले सामाजिक विकास मन्त्रालय मन्त्री सुदर्शन बराललाई उक्त अस्पतालमा जिम्मेवारी तोकेको थियो । अन्य मन्त्रिहरुलाई पनि विभिन्न स्थानका आईसोलेशन अस्पतालमा खटाएको छ ।
सामाजिक विकास मन्त्री बराल विहानैदेखि अस्पताल व्यवस्थापनमा खट्नु भएको छ । स्वास्थ्यकर्मी व्यवस्थापन, मेडिकल सामग्री व्यवस्थापनको लागि उहा दिनरात खट्नु भएको मन्त्री बरालको स्वकीय सचिव यदु ज्ञवालीले बताउनु भयो । उहाका अनुसार मन्त्रीको खटाईबाट स्वास्थ्यकर्मी प्रभावित भई उनिहरु दिन रात अस्पताल व्यवस्थापनमा खटिएका छन ।
आइसोलेशनमा कोरोनाको आशंकामा २ जना भर्ना भएका छन । उक्त आइसोलेशन अस्पतालमा कर्मचारीको व्यवस्थापन भईसकेको छ । अस्पताल तिन सिफ्ट संचालनको लागि १ सय २६ जना जनशक्ति आवश्यक पर्ने छ । युसिएम एसलाई २ जना कन्सल्टेन्स फिजिशियन, ४ जना मेडिकल अफिसर र ४ जना स्टाफ नर्स खटाउन पत्राचार भएको छ । उक्त अस्पतालमा लुम्विनी प्रादेशिक अस्पतालबाट मेडिकल अफिसर २ जना स्टाफ नर्स २ जना खटिने छन ।
पिपिइ, माक्स, ग्लोब्स लगायत अन्य मडिकल सामाग्रीहरुको व्यवस्थापन भईसकेको मन्त्रि बरालले जानकारी दिनु भयो । सामाजिक विकास मन्त्रालयले प्रदेश भरीका अस्पताललाई नै पुग्ने गरी मेडिकल सामाग्रीको व्यवस्थापन गरिसकेको उहांले जानकारी दिनु भयो । ‘प्रदेशका सबै आईसोलेशन अस्पतालमा मेडिकल सामाग्री र स्वास्थ्यकर्मी व्यवस्थापन भईसकेको छ । उहांले भन्नु भयो– ति अस्पतालमा कुनै कमी हुने गरी व्यवस्थापन गरिएको छौ ।’ विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ बाट नेपालमा दुईजनामा संक्रमण भटिएको छ। एक जना सन्चो भएर घर फर्किसकेका छन भने । एक जनाको उपचार भईरहेको छ । सरकारले संक्रमण फैलिन नदिने लकडाउन गरेको छ ।
सामाजिक विकास मन्त्री बरालले विश्वभर फैलिएको कोभिड १९को संक्रमणबाट बच्न कठोर स्वास्थ्य अनुशासन पालन गर्न अपिल गर्नुभएको छ । स्वास्थ्य अनुसासन पालना गरी चिनले महामारी नियन्त्रण गरिसकेको स्मरण गराउदै उहांले धर्यता र अनुशासनको पालना गर्न आग्रह गर्नु भएको हो ।
अपिलमा प्रचार, निर्देशन र घोषणाले मात्र कोरोना नियन्त्रण सम्भव नहुने जनाउदै मन्त्री बरालले विस्तृत र मसिनो योजना सहित गम्भिर तयारी गर्न सरकारी तथा गैरसरकारी निकायहरुलाई आग्रह गरेका छन । मन्त्री बरालले स्वास्थ्यर्कीहरुलाई सम्वोधन गर्दे अपिलमा उल्लेख गर्नु भएको छ – यतिवेला मुलुकलाई तपाईहरुको योगदानको सर्वाधिक खाचो छ , उच्च मनोवल सहित कार्यक्षेत्रमा खट्नुहोस ।’ सबैको सहकार्यबाट कोरोना विरुद्ध विजयी हासिल गर्न सकिने उहाले उल्लेख गर्नु भएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij