काठमाडौं- नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुस्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार नेपालमा कोरोनाको तेस्रो केस फेला परेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा रहेका एक बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ती बिरामी भर्ना भएको बताइएको छ।
कोरोना संक्रमण देखिएपछि एक किशोरी टेकुमै उपचाररत छिन् भइरहेको छ ।
एकजना भने पूर्ण स्वस्थ भएर फर्किसकेका छन् ।
हालसम्म नेपालमा कूल ६ सय ८७ जनामाथि कोरोनाको परीक्षण गरिसकिएको छ । तीमध्ये ६ सय ८४ जनाको परीक्षण नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्