काठमाडौं ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गठन गरेको केन्द्रीय कोषमा रकम जम्मा गर्ने प्रतिवद्धताहरु आइरहेका छन् । कतिपयले जम्मा पनि गरिसकेका छन् । त्यसैगरी, आज राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसदका १५ दिन बराबरको तलब सो कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता केशव झाका अनुसार राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारद्वारा स्थापित केन्द्रीय कोषमा पार्टी सांसदका १५ दिन बराबरका तलब जम्मा गर्ने निर्णय गरेका छन् ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपा र काँग्रेस पार्टीका सांसदहरु पनि १५ दिन तलब कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् ।
प्रकाशित मिति : बुधबार, चैत्र १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्