तिलोत्तमाले लकडाउनबाट प्रभावित परिवारलाई राहात वितरण गर्दै

तिलोत्तमाले लकडाउनबाट प्रभावित परिवारलाई राहात वितरण गर्दै

तिलोत्तमा

तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित दैनिक मजदुरी एवं ज्यालादारी गरेर जिविकोपार्जन गर्ने वर्गलाई लक्षित गरी राहतको घोषणा गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले लगडाउनबाट प्रभावित भइ दैनिक छाक टार्न समस्या भएका घर परिवारलाई राहत दिने निर्णय गरेको हो ।

राहत अन्तर्गत तिलोत्तमा नगरपालिकाले पहिलो चरणमा साँझबिहान छाक टार्न समस्यामा परेका प्रतिपरिवारलाई १० केजि चामल २ केजि दाल र १ केजि नुन उपलब्ध गराउने निर्णय तिलोत्तमाले गरेको हो ।
वास्तविक अभावमा परेका ब्यक्ती ले यो सुबिधा लिउन सक्ने साथै टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले राहत उपलब्ध गराउने गरि काम भैरहेको नगरपालिकाकका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।
नगरपालिकाले दैनिक ज्यालामजदुरीमा काममा लगाउने व्यक्ति, ठेकेदार, संघ संस्था, कम्पनी लगायतलाई आ(आफ्ना कामदारप्रतिको जवाफदेही भई भूमिका निर्वाह गर्न समेत ध्यानकर्षण गराईएको छ । सचिवालय बैठकले राहत वितरणलाई व्यवस्थित बनाउन उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति नै गठन गरेको छ । यसअघि हिजो नगरप्रमुखले नगरबासीलाई सम्बोधन गर्दै लकडाउनका कारण कोही भोकै बस्नु नपर्ने भन्दै त्यसको जिम्मा स्थानीय सरकारले लिने उल्लेख गर्नुभएको थियो  । उहाको सो अभिव्यक्तिको सर्वत्र चर्चा समेत भएको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij