कोरोना भाइरस सतहमा कति लामो समयसम्म जीवित रहन्छ ?

कोरोना भाइरस सतहमा कति लामो समयसम्म जीवित रहन्छ ?

काठमाण्डौ कोभिड–१९ अर्थात् कोरोना भाइरस सतहमा पाँच दिनसम्म जीवित रहने देखिएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने एक अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडा, प्लेट, मग, कचौरा, गमलालगायत माटोका सामग्री तथा सिसाका गिलास, बोत्तल, कचौरा र मगमा यो भाइरस पाँच दिनसम्म जीवित रहन्छ ।साथै कोरोना भाइरस काठबाट बनेका फर्निचर, सजावटका सामग्रीमा चार दिनसम्म जीवित रहन्छ । प्लास्टिकका सामान जस्तै बसका सिट, झोला, बोत्तल तथा रेफ्रिजिरेटर, भाँडा, किचन बेसिनलगायतका सामानमा दुईदेखि तीन दिनसम्म कोरोनाको सङ्क्रमण जीवित रहने देखिएको हो ।

यस्तै कार्डबोर्डमा २४ घण्टा, तामाका भाँडा, पूजा सामान, पानी खाने जग लगायतमा चार घण्टा, आल्मुनियमका झ्याल ढोका, भाँडा, बोत्तलमा दुईदेखि आठ घण्टा, कागजमा केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् । त्यस्तै अन्य केही वस्तुमा पाँच दिनसम्म भाइरसको सङ्क्रमण जीवित रहने देखिएको वेभएमडीले जनाएको छ ।

कोरोना भाइरस अहिलेसम्म खाना र पानीमा भने पाइएको छैन । तर कुनै पनि फलफुल खानुअघि वा तरकारी पकाउनुअघि राम्रोसँग पखाल्न अध्ययनले सुझाव दिएको छ ।
सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यँु गर्दा उनीहरुको मुखबाट निस्कने कफ वा ओसिला छिटामा भाइरस हुन्छन् । नजिकै रहेको स्वस्थ्य व्यक्तिले सास फेर्दा ती भाइरसयुक्त छिटा शरीरभित्र पसेर उसलाई पनि भाइरस सर्ने गरेको अध्ययनमा संलग्न अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

सतह वा वस्तु छोएको हातले मुख, नाक वा आँखा छोएमा पनि भाइरसको सङ्क्रमण फैलिने भएकाले राम्ररी साबुन पानीले हात धुन डाक्टरको सुझाव छ । तर कोभिड–१९ नयाँ भएकाले यस बारेमा थप अनुसन्धान हुन बाँकी छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij