दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेलाई बुटवल वडा नं १७ ले राहत दिने

दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेलाई बुटवल वडा नं १७ ले राहत दिने

मोतिपुर- बुटवल उपमहानगरपालिका वडा नं १७ ले लकडाउनबाट प्रभावित दैनिक मजदुरी एवं ज्यालादारी गरेर जिविकोपार्जन गर्ने वर्गलाई लक्षित गरी राहत दिने भएको छ । आज बिहान (शुक्रबार) बसेको बैठकले लगडाउनबाट प्रभावित भइ दैनिक छाक टार्न समस्या भएका घर परिवारलाई राहत दिने निर्णय गरेको हो ।

राहत अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं १७ ले साँझबिहान छाक टार्न समस्यामा परेका प्रतिपरिवारलाई चामल , दाल लगायत उपलब्ध गराउने निर्णय गरेको हो ।
वास्तविक अभावमा परेका ब्यक्ती ले यो सुबिधा लिउन सक्ने साथै टोल विकास संस्थाको सिफारिसमा बुटवल उपमहानगरपालिका वडा नं १७ ले राहत उपलब्ध गराउने  वडाअध्यक्ष सन्त बहादुर रानाले बताउनुभयो।
वडाल पहिले चरणमा कोरोना भाइरस सम्वन्धि सचेतना कार्यक्रम संगै प्रत्येक टोलबिकास संस्था, जनप्रतिनिधि मार्फत दैनिक मजदुरी गरी घर गुजारा गर्ने परिवारको डाटा संकलन गरि वडामा पेस गर्ने कार्यबाहक सचिब कृष्ण पाण्डले जानकारि दिनुभयो ।
बुटवल उपमहानगरपालिका वडा नं १७ ले वडाबासीहरुलाई, लक डाउनका बेला अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन र बाहिर गै हाले घर भित्र पस्नु अघि साबुन पानीले हात धुने लगायतका सल्लाह सुझाव सहित स्वास्थ्य सम्वन्धि विभिन्न जानकारी गराईने वडा सदस्य एमकलि सुनारले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij