सैनामैना
सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कोरोना अस्थाई आइसोलेसन अस्पताल आज देखी संचालनमा आएको छ ।
सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसोलेसन ” अस्पताल निर्माण गरी आजबाट संचालनमा ल्याईएको नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
अस्पतालको शुभारम्भ गर्दै नगर प्रमुख कार्कीले “ अस्थायी अस्पताल तयार रहेकाले कसैलाई कोरोनाको आशंका भएमा बिपदको बेलामा नआत्तिकन आधिकारीक ब्यतिmलाई सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
कतिपय गम्भिर विरामीलाई आवश्यक्ता अनुसार बुटवल वा काठमाण्डौं रेफर गरिने छ ” कार्कीले भन्नुभयो । विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै नगरप्रमुख कार्कीले एक एक जना विरामीलाई अलग अलग राख्ने गरी अस्पतालमा १ सय वेड रहको बताउँदै आवश्यकता अनुसार बेड थप्ने ब्यवस्था पनि मिलाईएको जानकारी गराउनुभयो ।
नेपाली सेनाको सहयोगमा अस्पताललाई आवश्यक पिपिई उत्पादन र सैनामैनाको पशुपति मा.बि मा रहेको बिज्ञान प्रयोगशालामा ५०० लिटर सेनेटाइजर उत्पादनका गर्ने काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थि बताउनुभयो ।
अस्पतालमा सैनामैनाका चिकित्सक प्रकाश खरेल र नेपाली सेनाका चिकित्सक रक्षा गुरागाईको नेतृत्वमा , एक हेल्थ असिटेण्ट र दुई नर्स लगायत गरि ९ जनाको टोली खटिने सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थले जानकारी गराउनुभयो ।
नगरप्रमुख कार्कीले सैनामैनामा रहेका नीजि मेडिकल तथा क्लििनिक बन्द गर्न नहुनेमा जोड दिदै अहिलेको संकटको घडीमा सबैको साथ र सर्मथन आवश्यक भएको बताउनुभयो ।
महामारीको बेलामा सबैलाई सहयोग गर्न अपिल गर्दैं सहयोग गर्न चाहनु हुने संघ सस्था वा ब्यतिmले कृषि बिकास बैङ पर्रोहा शाखा मा बिपद ब्यवस्थापन कोषको नाममा रहेको खाता नं ०४–१४२–०१२७–३६५५–०१–५ मा सहयोग रकम जम्मा गर्न सकिने सैनामैनाका बिपद ब्यवस्थापनका समितिका सदस्य सचिव सुरज न्यौपानेले बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्