विदेशबाट आउनेहरुको निगरानी गर्न नेकपा तिलोत्तमाको आग्रह

विदेशबाट आउनेहरुको निगरानी गर्न नेकपा तिलोत्तमाको आग्रह

 

तिलोत्तमा, ।

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले विदेशबाट आएका नागरिकको निगरानी र पहिचान गर्ने काममा सहयोग पु¥याउन मातहतको पार्टी पंक्तिलाई निर्देशन दिएको छ । कोरोना संक्रमण हुनबाट जोगिने उपायहरूको व्यापक प्रचार प्रसार गर्नुपर्नेमा जोड दिंदै नेकपा तिलोत्तमाले विभिन्न मुलुकहरूबाट आउनेहरूको पहिचान गरी निगरानीमा राख्ने, आवश्यकता अनुसार क्वारेन्टाईन र आईसोलेसनमा पठाउने काममा सहयोग पु¥याउन पनि आग्रह गरेको छ ।

यसका साथै नेकपाले सरकारद्वारा घोषित लकडाउनको पालन गर्न र यसका लागि सहयोग पु¥याउन पनि आग्रह गरेको छ । नेकपा तिलोत्तमा नगर कमिटीले शनिबार भिडियो कन्फ्रेन्समार्फत बैठक गरी कार्यकर्ताका नाममा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । नेकपा नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालद्वारा जारी सर्कुलरमा आफु सुरक्षित रहेर कमजोर नागरिकका लागि सहयोग वितरण तथा समस्यामा परेकाहरूको सहयोगमा स्वयंसेवकका रूपमा खट्न पनि आह्वान गरिएको छ ।

महामारी बिरूद्वको लडाईमा सरकार र नागरिक एक भई सकारात्मक भूमिकामा उभिनुपर्नेमा जोड दिंदै नेकपाले सबै प्रकारका भ्रमहरू चिर्दै बलियो आत्मविश्वास र अनुशासनको पालना सहित अघि बढ्न उत्प्रेरित गर्ने काममा दृढतापूर्वक लाग्न अनुरोध गरेको छ । नागरिकको हरेक अप्ठेरोमा पार्टी कमिटी सँगै रहेको र संघीय, प्रदेश र स्थानीय सरकारहरू साथमा रहेको नेकपा तिलोत्तमाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij