अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध ३ वैशाखसम्म लम्बियो

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध ३ वैशाखसम्म लम्बियो

काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध गत आइतवारको मध्यरातीबाट लागू भएको थियो ।

सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।

त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरेको छ । गएराती मात्रै चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।

सरकारले यात्रु लिएर आउन प्रतिवनध लगाएपछि पनि केही एयरलाइन्सले अटेरी गरेर विमान ल्याएका थिए । त्यसका कारण ७० भन्दा बढी खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij