काठमाडौं । सरकारले नोभेल कोरोना भाइरसको संक्रमणले अर्थतन्त्रमा पार्ने प्रभाव न्युनिकरणका लागि राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्वभर फैलिरहेको कोरोना भाइरसले अर्थतन्त्रमा प्रभाव पार्ने भएकोले त्यसको न्युनिकरणका लागि राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए ।
यो राहत उपलब्ध गराउन सरकारले चालू बजेटको रकमान्तर गरी व्यवस्थापन गर्ने जनाइएको छ । त्यसैगरी स्थानीय तह र प्रदेशले दिने कोष, विपद् व्यवस्थापन कोषको पनि र दातृ निकायहरुले गरेको सहयोग प्रयोग गर्ने बताइएको छ ।
सरकारले दिने राहतहरुः
१) संगठीत क्षेत्रका दैनिक ज्यालादार मजदुरकाबारे
क) स्थानीय तहले राहत दिनुपर्ने परिवारको लगत तयार पारेर, राहत लिने परिवारले वडामा गएर आफ्नो विवरण दिने
ख) दैनिक खाद्य आवश्यकता पुग्ने गरी लकडाउन अवधीभर राहत दिने
ग) राहत उपलब्ध गराउँदा स्थानीय तह र प्रदेश सरकारले राहत कोष खडा गरेर दिने, त्यसमा रकम अपर्याप्त भए संघीय सरकारले उपलब्ध गराउने
घ) यसका प्रदेश र स्थानीय तहमा समन्वय गर्ने
२) संवेदनशील वर्ग (असहाय, गर्भवती, अपांग, दीर्घरोगी, टुहुरा आदि) लाई विशेष हेरचाह गर्ने
३) औपचारिक क्षेत्रका श्रमिकका लागि
क) रोजगारदाताले पारिश्रमिक उपलब्ध गराउने
ख) पूर्णरुपमा बन्द भएका क्षेत्र (उदाहरण पर्यटन क्षेत्र) मा श्रमिकको चैतसम्मको तलब दिने ।
ग) व्यवसाय सञ्चालन नभएसम्मका लागि श्रमिकलाई भुक्तानी दिनुपर्ने ज्याला भुक्तानीका लागि प्रतिस्ठान स्तरको कल्याणकारी कोषको रकम उपयोग गर्न सक्ने
घ) सामाजिक सुरक्षा कोषमा आवद्ध भएका यस्ता श्रमिक तथा रोजगारदाताले चैत महिनामा योगदान गर्नुपर्ने रकम सरकारले जम्मा गरिदिने
४) खाद्य सामग्री आपूर्ति र सेवा
क) खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने खाद्य सामाग्रीमा १० प्रतिशत छुट दिने
ख) नेपाल दरसञ्चार कम्पनीले लकडाउन अवधीभर इन्टरनेट र डाटा प्याकेज प्रयोग गर्नेलाई २५ प्रतिशत छुट दिने, निजी सेवा प्रदायकले पनि सोहीअनुसार व्यवस्था गर्ने
ग) नेपाल विद्युत् प्राधिकरणले मासिक १५० युनिटसम्म खपत गर्ने ग्राहकलाई २५ प्रतिशत छुट दिने
घ) विद्यत््, खानेपानी र इन्टरनेटको फागुन र चैतको महसुल भुक्तानी २०७७ वैशाख ३० सम्म बुझाएमा विलम्ब शुल्क छुट गरिने
ङ) मागभन्दा बढी उत्पादन भएको विद्युत खपत गर्ने उद्योगलाई महसुलमा ५० प्रतिशतसम्म छ्ट दिने
५) सामाजिक क्षेत्र
क) कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदका लागि स्वास्थ्य मन्त्रालयले थप बजेट उपलध गराउने
ख) क्वारेन्टाइनमा राखिएकाहरुको खाना खर्च सरकारले स्थानीय तह र संघीय सरकारले बेहोर्ने
ग) डाक्टरदेखि एम्बुलेन्स चालकसम्मका स्वास्थ्य श्रमिकहरुलाई २०७७ असार मसान्तसम्मका लागि निःशुल्क २५ लाखसम्मको बीमा र क्षतिपूर्ति दिने
घ) निजी स्वास्थ्य सेवा प्रदायकलाई आवश्यक स्वास्थ्य सामाग्री आपूर्ति सुचिश्चित गरी स्वास्थ्य सेवा सुचारु राख्न र चैत मसान्तसम्मको बिल रकममा २० प्रतिशत छुट दिन आग्रह
ङ) निजी विद्यालयले माध्यामिक तहसम्मको एक महिनाको शूल्कमध्ये आधार शूल्कबाहेक अन्य सबै प्रकारको शूल्क छुट दिने व्यवस्था मिलाउने
च) सहरी क्षेत्रमा रहेका असंगठीत श्रमिकले भुक्तानी गर्नुपर्ने एक महिनाको घरभाडा सम्बन्धीत घरधनीले मिनाहा गर्न अनुरोध गर्ने, यसरी मिना गरिएको घरभाडामा घरबहाल कर नलिने
६) भन्सार तथा कर
क) स्वास्थ्य सम्वन्धी सामाग्री आयात गर्दा भन्सार माफी दिने
ख) आन्तरिक राजस्वतर्फ भ्याट, आयकर वैशाख २५ सम्मको लागि म्याद थपिने
ग) व्यवसायीले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दाखिला गरेको रकम करयोग्य रकम हिसाब गर्दा घटाउन पाउने
७) बैंकिङ, बिमा तथा धितोपत्र
क) धेरै निर्णय नेपाल राष्ट्र बैंकबाट व्यवस्था गरिसकेको
ख) पुनर्कर्जा कोष तत्काल ६० अर्ब बनाएर, कोभिड १९ प्रभावित क्षेत्रमा प्रवाह गरिने
प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्