कोरोना भाइरस : दाङमा १६६ आइसोलेशन र २८० क्वारेन्टाइन वार्ड

कोरोना भाइरस : दाङमा १६६ आइसोलेशन र २८० क्वारेन्टाइन वार्ड

दाङ

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका बिरामीलाई उपचार गर्न दाङमा उच्च सावधानी अपनाइएको छ । सम्भाबीत जोखिमबाट बच्नका लागि दाङका दशवटै स्थानीय तहमा क्वारेन्टाइन केन्द्र बनाएको छ । कोरोना भाइरसको बिरामी देखिए उपचार गर्ने गरि दाङमा १ सय ६६ आइसोलेशन बेडसहितको अस्पताल र २ सय ८० बेड क्वारेन्टाइन निर्माण गरिएको छ ।

जस अन्तरगत प्रदेश सरकारले बेलझुण्डीमा १०० बेडको आइसोलेशन अस्पताल निर्माण गरेर अस्पताल सन्चालन गरेको बेलझुण्डी आइसोलेशन अस्पताल व्यवस्थापन समितिका सदस्य जीवन गौतमले जानकारी दिएका छन् । उनले बेल्झुण्डी अस्पतालमा कोरोना भाइरसको आशंकामा उपचार गराइरहेका ६ जनाको स्वाव शनिबार परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको समेत बताए । ती मध्य ५ जनाको परीक्षण भएर रिपोर्ट आइसकेको छ । पाँचैजनामा संक्रमण नरहेको पुष्टि भैसकेको छ ।

बेलझुण्डिसहित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०, सिसहनिया स्वास्थ चौकीमा ६, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा तीन, राप्ती लाइफ केयर तुलसीपुरमा पाँच,नेपाली सेनाको १९ नं। बाहिनी अड्डामा १०, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा तीन, लमही अस्पतालमा तीन, फ्लोरेन्स अस्पताल लमहीमा तीन, चिनारी अस्पताल तुलसीपुरमा तीन, मितेरी अस्पताल घोराहीमा पाँच, तुलसी बाल अस्पताल तुलसीपुरमा छ, दीपज्योति अस्पताल घोराहीमा तीन, बुद्ध अस्पताल घोराहीमा तीन र गोरखा अस्पताललगायत अस्पतालमा गरि १ सय ६६ बेड को आइसोलेशन वार्ड निर्माण गरिएको जिल्ला स्वास्थ कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन ।
तेसै उनका अनुसार जिल्ला विभिन्न स्थानमा गरि २ सय ८० बेडको क्वारेन्टाइन केन्द निर्माण भएको पनि उनले जानकारी दिएका छन् । जस अन्तरगत घोराही उपमहानगरपालिका ६०, लमही नगरपालिकामा ३५, राप्ती गाउँपालिकामा २५, गढवा गाउपालिका १०, बङ्गलाचुलीमा ३० तुलसीपुर उपमहानगरपालिकामा ५, शान्तिनगरमा १०, बबई गाउपालिकामा ५० र दङगीशरण गाउँपालिकामा ३० गरि उक्त २ सय २६ बेडको क्वारेन्टाइन अस्पताल निर्माण गरिएको बताए । अब जिल्ला दशवटै स्थानीय तहले भारतबाट घर फर्किएकालाई होम क्वारेन्टाइन र अन्य देशबाट फर्किएका नागरिकालाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखेर उपचार गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij