देशैभरका स्वास्थ्य संस्थामा सामग्री पुर्‍याउन सचेतक खाँणको सुझाव

देशैभरका स्वास्थ्य संस्थामा सामग्री पुर्‍याउन सचेतक खाँणको सुझाव

 

बुटवल
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जिल्लामा रहेका स्वास्थ्य संस्थामा कोरोनाभाइरस रोकथाम र उपचारमा प्रयोग हुने सामग्री पुर्‍याउन सुझाव दिएको छ।
स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री, मास्कलगायतका स्वास्थ्य सामाग्री र उपकरण छिटो जिल्लाका अस्पताल र स्वास्थ्य संस्थामा पुर्‍याउन कांग्रेसले आग्रह गरेको हो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गर्दै जिल्लाका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री पठाउन आग्रह गरेका हुन्।
सरकारले चीनबाट खरिद गरि ल्याएका सामग्री सातै प्रदेश र ७७ जिल्लामा आवश्यकता हेरेर पठाउन खाँणले स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका हुन्।
उपकरण र स्वास्थ्य सामग्री निजी अस्पताललाई पनि उपलब्ध गराउन सके परीक्षण गर्ने संख्या वृद्धि हुन सक्ने खाँणले बताएका छन्।
आवश्यक पर्ने स्वास्थ्य सामग्री अभाव हुन दिनु हुँदैन,’ खाँणले भनेका छन्। कोरोना रोकथाम र नियन्त्रणमा खटिएकाहरूलाई राज्यले मनोबल उच्च हुने गरी सुविधा दिनुपर्ने उनले बताए।
स्वास्थ्यमन्त्री ढकालले सोमबार नै प्रदेशहरूमा स्वास्थ्य सामग्री पठाउन सुरू गरेको जवाफ दिएका छन्। थप सामग्री चैत २१ गतेभित्र आउने र अन्य स्वास्थ्य संस्थामा पनि पठाउने उनले बताएका छन्।

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij