मृतक बावुरामको आयो अन्तिम रिपोर्ट कोरोना नेगेटिभ : के लापरबाहीका कारणले नै भयो त मृत्यु ?

मृतक बावुरामको आयो अन्तिम रिपोर्ट कोरोना नेगेटिभ : के लापरबाहीका कारणले नै भयो त मृत्यु ?

बुटवल

आईतवार बुटवलमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको अन्तिम रिपोर्ट कोरोना नेगेटिभ देखिएको छ । रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ गते राती दुबईबाट रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ४ सिसौडांडा स्थीत भाडामा बस्दै आएको घरमा पुगेका थिए ।
दुबईबाट आउंदा नै सामान्य ज्वरो आएका क्षेत्री घर आईसकेपछि पनि मेडिकल स्वास्थ्यचौकी हुंदै चैत्र १३ गते बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा पुगेका थिए ।
सैनामैना मूर्गियादेखि विद्युतिय रिक्सामार्फत आईसोलेसन अस्पतालमा पुगेका उनलाई १३ गते सांझ नै भर्ना गरि राखिएको थियो । अस्पतालमा गएपनि ज्वरो आउने र स्वासफेर्न गाह्रो भईरहेको अवस्थामा उनको आईतवार विहान करिब ११ बजेतिर मृत्यु भएको थियो । उनको मृत्युको कारण भने खुलेको छैन

१३ गते अस्पताल पुगेपनि उनको स्वावभने १६ गते विहान मात्र परिक्षणको लागि काठमाण्डौ पठाईएकोमा सोमबार रिपोर्टमा कोरोना नेगेटिभ देखिएको अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

मृतक क्षेत्रीको स्वावको पहिलो परिक्षणमा कोरोना नेगेटिभ देखिएपछि दोश्रो परिक्षण गरिएकोमा दोश्रो रिपोर्टमा पनि कोरोना नेगेटिभ देखिएको डा. गौतमले जानकारी दिनुभयो ।

समयमै गरिएन परीक्षण समयमै स्वाब परिक्षणको लागि नपठाउनु गैह्रजिम्मेवारी

बाबुराम १२ दिन अगाडि कोरोना संक्रमण फैलिएकामध्यको देश दुबईबाट स्वदेश फर्केका थिए। आएदेखि नै उनमा ज्वरो, खोकी र श्वासप्रस्वासको समस्या देखिएको थियो। आईसोलेटेड अस्पतालका डाक्टरहरुले गरेको ‘क्लिनिकल डायग्नोसीस’मा निमोनिया देखिएको थियो । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले दिएका लक्षणहरुको सूचीसँग बाबुरामले देखाएका लक्षणहरु दाँज्दा कोरोनाको परीक्षण तत्काल गर्नुपर्ने कुराको हेक्का अस्पताललाई नभएको भने होइन ।

तर, यति हुँदाहुँदै पनि अस्पताल भर्ना भएको तीन दिनसम्म कोरोना परीक्षणको लागि ‘स्वाब’ नपठाउनु अर्को गैह्रजिम्मेवारी देखिएको छ। अस्पतालले बिरामीको मृत्यु हुनुभन्दा केही घण्टा अगाडीमात्रै अर्थात भर्ना भएको तीन दिनपछि मात्रै ‘स्वाब’ लिई काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो ।

प्रादेशिक अस्पतालका अध्यक्ष भट्टराईले समय अनुकुल नमिलेकाले ‘स्वाब’ पठाउन नसकिएको जवाफ दिएका छन्‌ । उनी भन्छन्‌, ‘बिरामी आएको १३ गते साँझ हो, १४ गते उहाँको मात्रै स्याम्पल पठाउने कुरा आएन, १५ गते शनिबार नै भयो, त्यसैले १६ गते पठाएका हौं ।’ सायद समयमामा नै परिक्षया गरेको भए अरु रोग को उपचार हुनेथियो

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij