शुल्क मिनाहा गर्ने निर्णय स्वागत योग्य छ, तर सरकारले हामीलाई पनि केही राहत दिनुपर्छः प्याब्सन

शुल्क मिनाहा गर्ने निर्णय स्वागत योग्य छ, तर सरकारले हामीलाई पनि केही राहत दिनुपर्छः प्याब्सन

काठमाडौं । निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले चैत महिनाको शुल्क मिनाहा गर्न सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई पनि सरकारले केही राहत दिनुपर्ने बताएकोे छ ।

सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बैंकबाट ऋण लिएका विद्यालयहरूलाई एक महिनाको बैंक ब्याज मिनाहाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । जग्गा र भवन भाडामा लिएका विद्यालयहरूलाई एक महिनाको भाडा नलाग्ने व्यवस्था सरकारले मिलाउनुपर्ने अध्यक्ष पुरीको माग छ ।

सरकारले भने असंगठित क्षेत्रका श्रमिकहरूसँग एक महिनाको घर भाडामा नलिन घरधनीहरूलाई आग्रह गरेको छ ।

यता, अभिभावक संघले भने सरकारको निर्णय कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेको छ । अभिभावकको पक्षमा विगतमा भएका निर्णयको पूर्ण कार्यान्वयन नभएको भन्दै संघले यस्तो आशंका व्यक्त गरेको हो ।

सरकारले निर्णय गर्नुअघि सरोकारवालासँग छलफल नगरेकाले पनि कार्यान्वयनमा आशंका बढेको अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीको भनाइ छ । सरकारको निर्णय सही भएपनि कार्यान्वयन हुनेमा भने आफूहरु ढुक्क नरहेको उहाँले बताउनुभयो ।

अभिभावकको पक्षमा भएको निर्णय कार्यान्वयनमा सरकारले तादरुकता देखाउनुपर्नेमा अध्यक्ष पुरीले जोड दिनुभयो ।

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij