सुनचाँदी व्यवसायीद्धारा तिलोत्तमा नगरपालिकालाई दुई हजार मास्क प्रदान

सुनचाँदी व्यवसायीद्धारा तिलोत्तमा नगरपालिकालाई दुई हजार मास्क प्रदान

तिलोत्तमा ।

नेपाल सुनचाँदी व्यवसायी संघ तिलोत्तमा शाखाले तिलोत्तमा नगरपालिकालाई दुई हजार मास्क प्रदान गरेको छ । कोरोना भाइरसका कारण बजारमा मास्कको कमी भइरहेका बेला संघले युनिक सेनेटरी प्याड उद्योगबाट उत्पादित मास्क ल्याएर नगरपालिकालाई प्रदान गरेको हो ।
नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यका लागि मास्क प्रदान गरिएको संघका उपाध्यक्ष विष्णु कालीराजले बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले नगरपालिकालाई प्रदान गरिएको मास्क नगरमा हरेक वडामा खटिने कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगरप्रहरीलगायतलाई प्रदान गरिने जानकारी दिनुभयो । उहांले नगरपालिकाले कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरण पीपीई उत्पादन गर्न लागेको पनि जानकारी गराउनुभयो ।
तिलोत्तमा चेम्बर अफ कमर्शका उपाध्यक्ष रामचन्द्र पाण्डेले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन आवश्यक रहेको बताउनुभयो । नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, सुनचाँदी व्यवसायी संघ तिलोत्तमाका कोषाध्यक्ष मिन विश्वकर्मा, सल्लाहकार जित गहतराज र जिल्ला सदस्य मनोज सेन्चुरीले बजारमा मास्क अभाव भइरहेको अवस्थामा संघले प्रदान गरेका मास्कले थोरै भएपनि राहत पुग्ने उल्लेख गर्नुभयो

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij