गैडहवा-गैडहवा गाउपालिकाले पनि २५ शैयाको अस्थाई क्वारेन्टाइन निर्माण गरेको छ। गैडहवा गाउपालिका वार्ड नं. ४ ठाकुरापुर स्थित नवदुर्गा माध्यमिक बिधालयमा सो अस्थाई क्वारेन्टाइन निर्माण गरेको हो । सो क्वारेन्टाइनमा छिमेकी देश भारतबाट घर आएका सम्भाबित ४ जनालाई क्वारेन्टाईनमा राखि परिक्षण गरिएको
गैडहवा गाउपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि घिमिरेका अनुसार गाउपालिकाकाले आफ्नो पुर्ण लगानीमा अस्थाई क्वारेन्टाइन निर्माण गरेको तर ब्यत्तिगत सुरक्षा सामाग्रीको अभावका कारण क्वारेन्टाइनमा राखिएका सम्भाबित बिरामीहरुबाट हुन सक्ने संक्रमणको जखिम कम गर्न गाह्रो भएको छ ।ब्यक्तिगत सुरक्षा सामाग्री (पि.पि.ई)को अभावले क्वारेन्टाइनमा सम्पर्क ब्यक्तिको रुपमा रहने फोकल पर्सन र अन् स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षामा निकै चुनौती रहेको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले बताउनु भएको छ ।
गैडहवा गाउपालिकाले छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आफ्नो घर आएका गैडहवावासी आमा बुवा,दाजुभाई तथा दिदीबहिनीहरुलाई आफ्नो घर र आफन्त तथा परिवारसंग जानकारी निु बाहेक प्रत्यक्ष सम्पर्कमा नआई गाउपालिकाले निर्माण गरेको अस्थाई क्वारेन्टाइनमा गई बस्न आग्रह गरेको छ। गाउपालिकाले जारी गरेको सूचनामा यदि नेपाल सरकारको निर्देशन बमोजिम गाउपालिकाले जारी गरेको निर्देशनको पालना नगर्ने कुनै पनि गैडहवावासीलाई हदै सम्मको कार्बाही गरिने उल्लेख छ ।
गैडहवा गाउपालिकाले हिजो जारी गरेको सूचनामा गैडहवा गाउपालिका भित्र संचालनमा रहेका अत्यावस्यक खाध्य सामाग्री किराना पसल,तरकारी जस्ता दैनिक उपभोगिय पसलहरु बिहान ७ बजे देखि ९ बजे दिउसमा ३ बजे देखि सांझ ६ बजे सम्म खुल्ला गरी बिक्री बितरण गर्ने ब्यबस्था मिलाउन गाउपालिकाले निर्णय गरेको छ । पसलमा त्यसरी किनबेच गर्दा कम्तिमा १ मिटरको दुरी कायम गर्न समेत सूचनामा उल्लेख गरिएको छ । दुध (डेरी पसल) भेटनरी पसल, मेडिकल पसल २४ सै घण्टै खुल्ला संचालन गर्ने निर्णय भएको गाउपालिकाबाट जारी सूचनामा उल्लेख गरिएको छ
प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्