सुद्धोधनमा पास्टर रेग्मीद्धारा गरिब र विपन्न परिवारलाई राहत वितरण

सुद्धोधनमा पास्टर रेग्मीद्धारा गरिब र विपन्न परिवारलाई राहत वितरण

मोतीपुर -सामाजिक कार्यमा अग्रसर सुद्धोधन गाउपालिका ४ का उमेश रेग्मीले राहत बितरण गर्नुभएको छ ।

दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका गरिव तथा विपन्न परिवार र अपाङ्ग दृष्टिविहीन अनाथ आश्रम लाई लकडाउनका कारण समस्या परेपछि गरिब तथा विपन्न मजदुरहरुको लगत संकलन गरि रेग्मीले राहत स्वरुप दैनिक उपभोग्य सामाग्री वितरण गर्नुभएको हो ।

विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले गरेको लक डाउनले गर्दा कैयौ परिवार अभावमा परेका छन ।वास्तविक अभावमा परेका ब्यक्ती एबम परिवारलाइ सक्दो सहयोग गर्नुपर्ने भावना अनुरुप  आफुले सहयोग गरेको किङ डम अफ गड चर्चका पास्टर समेत रहेका  रेग्मीले बताउनुभयो ।

राहत अन्तर्गत सूद्धोधन गाऊपालिका ४ केवलपुरमा बसोबास गर्दै आइरहेका तर घर खेत नभएका , ज्यालादारी गरेर जिबिकोपार्जन गर्ने  २००
बिपन्न परिवार लाई दाल , चामल , नुन , तेल , आलु , सोयबिन जस्ता अत्यावश्यक खाधन्न वितरण गर्नु भएको हो ,साथै उहाले बुटवल १५ उजेलापुरमा अवस्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहीन अनाथ आश्रममा समेत राहत वितरण गर्नु भएको छ ।

रेग्मीले वडाबासीहरुलाई, लक डाउनका बेला घर बाहिर ननिस्कन र बाहिर गै हाले घर भित्र पस्नु अघि साबुन पानीले हात धुने लगायतका सल्लाह सुझाव सहित स्वास्थ्य सम्वन्धि बिभिन्न जानकारी गराएको वताउनुभयो ,साथै उहाले कोरोना भाईरस कोभिड १९ बाट सुरक्षित रहन सुझाव र सचेत हुन पनि आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij